gufgaf

‘क्याप्टेन’ ट्रेलरमा अनमोलको खेलाडि रुप

2019/02/01   Gufgaf
   


बहुप्रतिक्षित सिनेमा क्याप्टेनको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलरमा अभिनेता अनमोल केसी फुटबल खेलाडि ईशान खड्काको भूमिकामा प्रस्तुत भएका छन् । सिनेमामा उनी फुटबलप्रतिको मोह र देशको लागि गोल्ड मेडल जित्ने लक्ष्य राखेको फुटबल खेलाडिको रुपमा प्रस्तुत भएको ट्रेलरमा देख्न सकिन्छ । तर उनको यो यात्रा त्यति सहज नभएको ट्रेलरले देखाउँछ ।  सिनेमाको ट्रेलर उत्कृष्ट बनेको प्रतिकृया धेरैको छ । 

दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यस सिनेमामा अनमोलसँगै सुनिल थापा, सरोज खनाल,  सूर्यमाला शर्मा, प्रशान्त ताम्रकार,  विल्सन विक्रम राई, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । यहि सिनेमा मार्फत दुई अभिनेत्री उपासना सिंह ठकुरी, प्रियंका एमभीले डेब्यु गर्दैछन् । सिनेमाको ट्रेलरमा यी दुईवटै हिरोईनसँग अनमोलको प्रेम देख्न सकिन्छ । अभिनेता  प्रशान्त ताम्रकार उनको कोचको रुपमा देखा परेका छन् । 

यस सिनेमामा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिनाको कथा रहेको छ । सिनेमाको ट्रेलरले दर्शकमाझ कौतुहलता जगाएको छ । भुवन केसी निर्माता रहेको यो सिनेमा फागुन १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस