> Gufgaf.com

रेडियो अडियो

प्रदिप भन्छन् अनमोल र म दाजु भाई

2019/02/02   gufgaf

गफगाफ -   चलचित्र  नगरीमा सुपरस्टार अभिनेता अनमोल केसी र अभिनेता प्रदिप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिएको छ । धेरै चलचित्र निर्माता तथा निर्देशक हरुले अनमोल केसीका विकल्पका रुपमा प्रदिप खड्कालाई लिने गरेका छन् । यस अघि अनमोलले छाडेका धेरै चलचित्रहरुमा प्रदिप खड्कालाई अफर गरिएको र तिनै चलचित्रले उनलाई स्टार बनाएको छ । 

प्रदिप र अनमोललाई एक अर्काका प्रतिस्पर्धीका रुपमा चित्रण गरिरहदा अभिनेता प्रदिप खड्काले भने उदाहरणीय कार्य गर्दै अनमोल र आफ्नो  सम्वन्ध मिडियामा आएको हल्ला जस्तो नभएको प्रमाणित गरेका छन् । अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर फेसबुकमा शेयर गर्दै अनमोल केसी र अफु दाजु भाई भएको प्रतिकृया प्रदिपले दिएका छन् । उनले चलचित्र क्याप्टेनलाई शुभकामना समेत दिएका छन् । 

प्रदिप भन्छन् अनमोल र म दाजु भाई

केहि समय अघि प्रदिपले सोहि दिन प्रदर्शनमा आउने भनिएको चलचित्र दि ब्रेकअप को ट्रेलर शेयर गर्दै चलचित्रलाई शुभकामना दिएका थिए । प्रदिपको यो कार्यलाई धेरै चलचित्र कर्मीहरुले अभिनेता अनमोललाई कमजोर बनाउने शैलीका रुपमा व्याख्या गरेका थिए । तर उनले चलचित्र क्याप्टेनको ट्रेलरको प्रशंसा गर्दै आधिकारिक फेसबुकमा स्टाटस लेखे पछि प्रदिपलाई धेरैले असल हिरोको असल व्यवहारका रुपमा व्याख्या गर्न थालेका छन् ।

यस प्रकारको असल चरित्रलाई विभिन्न चलचित्र कर्मीहरुले प्रशंसा गरेका छन् । प्रदिपको यस्तो कार्य चलचित्र नगरीमा सकारात्मक संस्कारको सुरुवात भएको र यसले एक अर्का प्रतिको सहयोगी भावनाको विकास गर्ने चलचित्र पण्डितहरुको बुझाई छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस