> Gufgaf.com

रेडियो अडियो

निकसँगै ‘विन्टर गाला’मा प्रियङ्का

2019/02/02   gufgaf

गफगाफ -  बलिउड नायिका प्रियंका चोपडा केही दिन अघिदेखि पति निक जोनससँग वरी हिल्सको विन्टर गाला कार्यक्रममा गइरहेकी छिन् । यसै क्रममा नव विवाहित जोडीको केमेस्ट्री सबैको लागि प्रमुख चासोको विषय बन्नु स्वभाविक पनि हो । कार्यक्रममा उनी कालो गाउनसँगै न्यूड मेकअप र डार्क लिपस्टिकमा झनै सुन्दर देखिएकी छिन् । प्रियंकाले स्प्रिङ्ग आरटीडब्लू कलेक्शन २०१९ को लागि निकै नै महँगा लुगा खरिद गरेकी थिइन् ।

उनले लगाएको याे गाउनको मूल्य ११ हजार ४ सय १० डलर पर्ने बताइएको छ । जसको नेपाली मूल्य लगभग १३ लाख पर्न जान्छ । उनको यस गाउनको डिजाइन ‘सेलेब स्टाइलिस्ट मिमी कटरेल’ ले गरेका हुन् । यस्तै निक जोनस पनि कालो र सेतो टक्सिडोमा निकै नै सुन्दर देखिएका छन् ।

कामको कुरा गर्ने हो भने प्रियंका चाँडै हलिउड चलचित्र ‘इज नट इट रोमान्टिक’ मा देखिँदैछिन् ।उनले यस चलचित्रमा योगा टिचरको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्र भ्यालेन्टाइन डे को मौका पारेर अमेरिका तथा क्यानडामा १३ फेब्रुअरी र भारतमा २८ फेब्रुअरी का दिन रिलिज हुँदैछ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस