> Gufgaf.com

रेडियो अडियो

सुन्यबाट आफुलाई चिनाउन प्रयासरत छु : मिलन नेवार

2019/02/03   gufgaf

गफगाफ -  नेपाली सांगीतिक क्षत्रकी व्यस्त गायिका हुन मिलन नेवार । उनलाई अझै पनि धेरैले मिलन अमात्य भनेर नै चिन्ने गरेका छन् । तर उनको श्रीमान सँगको छोडपत्र पश्चात उनि मिलन नेवारका रुपमा चिनिदै आएकी छिन् । जहिले सम्म संसारमा बोलको गीतबाट निकै चर्चा कमाएकी नेवारले विभिन्न चलचित्रका गीतहरु गाएकी छन् । उनले नेपाली चलचित्र नोटबुक को गाला रातै, चलचित्र कालीको बट स्लोली, चलचित्र परदेशीको कुरा खाट्टि हो, चलचित्र हवल्दार सुन्तलीको घण्टि बज्यो, चलचित्र हुर्रेको ठेकीमा दई, चलचित्र शव्दको गुलेलीले हान्दिउकी लगायतका चर्चित गीतहरु गाएकी छन् । प्रस्तुत छ उनै गायिका मिलन नेवारसँग सहकर्मी मनोज दाहालले गरेको कुराकानी

 

  • मिलन जी स्वागत छ तपाईलाई

धन्यवाद मनोज जी

  • मन रेसम बोलको गीत भर्खरै बजारमा ल्याउनु भएको छ, कस्तो प्रतिकृया पाउदै हुनुहुन्छ ?

हाल सम्म दर्शक श्रोताको राम्रो प्रतिकृया पाइरहेकी छु । नयाँ गीत अफ्नै युटुव च्यानलबाट रिलिज गरेको छु । नयाँ च्यानल भए पनि दर्शक श्रोताको मायाँले सस्क्राइवर पनि बढिरहेको छ ।  दर्शक श्रोताले दिनुभएको यो मायाँ र साथका लागी एकदमै आभारी छु ।

  • मिलन अमात्य नामले धेरै दर्शक श्रोताले तपाईलाई चिन्नुहुन्छ, अहिले मिलन नेवार नामले चिनिन कत्तिको गारो भएको छ ?

मलाई सुरुमा चिन्दा धेरैले मिलन नेवार भनेर नै चिन्नुहुन्थ्यो, तर पछि विवाह पश्चात मैल आफ्नो थर परिर्वत गरेर सुन्य बाट अफुलाई चिनाए । अहिले फेरि मिलन नेवार नामले सुन्य अवस्था बाट नै आफुलाई उठाउने प्रयास गरिरहेको छु । र सफल हुनेमा विश्वस्त छु ।

  • सबैले मिलन अमात्य भनेर चिनिरहदा कहिले काहि तपाई अफै चै झक्किनु हुन्न अमात्य भनेर ?

हास्दै ...कहिले काहि झुक्किदो पनि रहेछ किन भने त्यसैमा बानी भएको थियो, तर अब बिस्तारै फेरि नेवार मै बानी भइसकेको छु, र दर्शक श्रोतालाई पनि यसरी नै चिनाउने प्रयास गरिरहेको छु । 

  • पहिलो पटक अफ्नै रचनामा नयाँ गीत बजारमा ल्याउनु भयो, गीत रचना गर्ने कला चाहि कसरी सिक्नु भयो ?

गीत लेख्न त म पहिले पनि लेख्ने गर्थे तर यस पटकको गीतलाई चाहि बजारमा ल्याउन मन लाग्यो, प्रतिकृयाका लागी गायक कमल खत्रीलाई पठाए,वाँहाले त २ दिन भित्रमा कम्पोज नै गरेर पाठाइदिनु भयो ।  अब यस गित बाट हौसला बढेको छ, अब पहिले लेखेका गीतहरुलाई पनि विस्तारै बजारमा लिएर आउने छु ।

  • तपाईले गाउनु भएको कुन गीतले चाहि दर्शक श्रोता माझ परिचित गरायो भन्ने लाग्छ ?

मलाई दर्शक श्रोता माझमा चिनाउने पहिलो गीत भनेको मेरो पहिलो एल्वम मिलनमा समावेश कहिले सम्म संसारमा बोलको गीत हो । यो गीतलाई सबै उमेरका दर्शक श्रोताले मन पराइदिनु भयो । त्यस पछिका गीत संगीतलाई त झन मायाँ दिनु भएको छ ।

  • अन्तिममा दर्शक श्रोतालाई के भन्नुहुन्छ ?

मलाई अहिले सम्म जसरी मायाँ दिनु भएको छ यसलाई निरन्तरता दिनुहोल साथै मेरो भर्खरै बजारमा आएको गीत हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनुहोला यहि भन्न चाहान्छु । 


 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस