gufgaf

चलचित्र दि ब्रेकअप लाई भुवनले दिए शुभकामना

2019/02/03   gufgaf
   

गफगाफ - स्टार अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर रिलिज भए सँगै चलचित्रको चर्चा बढेको छ । चलचित्रको ट्रेलरलाई नेपाली दर्शकले रुचाएका छन् । फाल्गुण २९ गते बाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्रको निर्माण भुवन केसीले गरेका हुन् ।  उक्त दिन अभिनेता आशिरमान देशराज जोशी अभिनित चलचित्र दि ब्रकअप पनि प्रदर्शनमा आउने पक्का भइसकेको छ ।

अभिनेता तथा निर्माता भुवन केसीले अफ्नो चलचित्र क्याप्टेन सँगै रिलज हुन लागेको चलचित्र दि ब्रकअपलाई सफलताको शुभकामना दिएका छन् । उनले आफ्नो चलचित्रको प्रतिष्पर्धी चलचित्र नेपाली नभई हलिउड तथा वलिउड भएको प्रतिकृया दिए ।“वाँहाहरु हामी सँगै प्रदर्शनमा आउदै हुनुहुन्छ, तर यसलाई हामीले प्रतिष्पर्धा  मानेका छैनौ ।

एक नेपाली चलचित्र अर्को नेपाली चलचित्रको प्रतिष्पर्धी कसरी हुन सक्छ ? हामीले विदशी चलचित्रलाई विस्थापित गर्न सक्नु पर्छ र हाम्रो प्रतिष्पर्धा भनेको विदेशी चलचित्र सँग हो ।” चलचित्रका निर्माता भुवन केसीले भने । चलचित्र क्याप्टेन फुटवलको कथामा आधारित चलचित्र हो । आफुले निर्माण गरेको चलचित्रले नेपाली खेलाडी तथा खेल प्रमीहरुलाई प्रोत्साहन गर्ने निर्माता भुवन केसीको भनाई छ । चलचित्र क्याप्टेनको कथा दिवाकर भट्टराईले लेखेका हुन भने निर्देशन पनि भट्टराई स्वयमले गरेका हुन् ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस