> Gufgaf.com

रेडियो अडियो

मोटोपनबारे नेहाको धुपियाको कडा जवाफ

2019/02/03   gufgaf

गफगाफ - अभिनेत्री नेहा धुपियाले आफ्नो मोटोपनको बारेमा प्रकाशित खबरमा आपत्ति जनाएकी छिन् । गत वर्षको नोभेम्बर महिनामा आमा बनेकी नेहा आमा बनेपछि अलि मोटाएकी छिन् । यसै विषयलाई लिएर फेशन सेन्ट्रल नामक अनलाईन पोर्टलले आमा बनिसेकपछि उनी अनपेक्षित रुपमा मोटाएको खबर छापेपछि नेहाले सामाजिक सञ्जाल मार्फत प्रतिकृया दिएकी छिन् ।

उनले प्रकाशित समाचारको स्क्रिनशट गर्दै लेखेकी छिन्, ‘मलाई मोटोपनको बारेमा कुनै सफाई दिनुछैन । यस्ता खबरहरुको मलाई मतलब पनि छैन । तर मेरो मोटोपनलाई लिएर भएको आलोचनाको बारेमा भने म केही भन्न चाहन्छु  किनभने सेलिब्रेटी मात्रै हैन सबै यसबाट प्रभावित हुन्छन् ।  आमा भएको नाताले म आफ्नो छोरीको लागि फिट, स्वस्थ अनि ईनर्जेटिक रहन चाहन्छु ।

यहि कारण मैले दैनिक वर्कआउट  गरिरहेकी छु । कहिले त दिनमा दुई पटक पनि गर्छु किनभने मेरो लागि फिटनेस मुख्य कुरा हो । तर समाजले बनाएको फिटनेसको सोचाई अनुसार फिट हुने मलाई कुनै सोख छैन ।  आगामी दिनमा मानिसहरुले यस किसिमको प्रतिकृया दिने छैनन् भन्ने आशा गर्दछु ।’  नेहाको यो कुरामा निर्माता तथा निर्देशक करण जोहर, अभिनेत्री सोनम कपूर र उनका श्रीमान अंगद बेदीले पनि सहमती जनाएका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस