> Gufgaf.com

रेडियो अडियो

प्रदिपको ‘लभ स्टेशन’ चैत्र २२ मा

2019/02/03   gufgaf

गफगाफ - स्टार अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’आउदो चैत्र २२ गतेबाट अल नेपाल प्रदर्शनमा आउने पक्का भएको छ । चलचित्र कहिले प्रदर्शन गर्ने भन्ने विषयमा निर्माण युनिट लामो समय देखि दुविधामा थियो । केहि समय अघि चैत्र २९ गते रिलिज गर्ने कुरा बाहिरिएको थियो । तर उक्त दिन अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’र सलिनमान बानिया अभिनित चलचित्र यात्रा प्रदर्शनमा आउने पक्का भइसकेका कारण चलचित्रलाई चैत्र २२ गते रिलिज गर्ने तयारी गरिएको चलचित्रका निर्माता गोविन्द शाहीले बताए ।

चलचित्रमा समाबेश ‘घाम जुन नै चाहिदैन’ बोलको गीतलाई भियतनामको सुन्दर लोकेशनमा छायंकन गरिएको छ । गीतको भिडियोलाई प्रेम दिवसको अवसर पारेर फागूण २ गते रिलिज गर्ने तयारी गरिएको निर्माता शाहीको भनाई छ । चलचित्र ‘लभ स्टेशन’सांगीतिक लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्र हो ।
 चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् ।

चलचित्र ‘लभ स्टेशन’ काफिया फिल्मस्को व्यानरमा निर्माण गरिएको हो । काफिया शाही र कविरबिक्रम शाही चलचित्रको निर्माता हुन् । चलचित्रमा प्रदीप खड्का जसिता गुरुङ, रमेश बुढाथोकी, रवी डंगोल, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रकाश शाह, सरु बिष्ट, प्रिया रिजाल, दिनेश काफ्ले लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा शम्भुजीत बासकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा र एलिश कार्कीको संगीत रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस