> Gufgaf.com

रेडियो अडियो

मिस हिमालय लिटल एन्जल काठमाडौं को अडिसन सम्पन्न

2019/02/03   gufgaf

गफगाफ - कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ को अडिसन गत शुक्रबार इन्द्रेणी फुडल्यान्ड, महाराजगञ्जमा सम्पन्न भएको छ ।  अडिसनमा निर्णायकको रुपमा गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्यले गर्नुभएको थियो ।

कुल ९२ जनाले अडिसनमा भाग लिएकोमा  जम्मा ५० जनालाई मात्र छनौट गरिएको प्रमुख इभेन्ट डाइरेक्टर आकृति राजभण्डारीले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगीहरुलाई यहि मंगलबारदेखि १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका कृयाकलापहरु रहनेछन् ।

मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । प्रतियोगितामा उमेर समूह ६-८, ९-१०, ११-१३ गरेर तीन समुहमा बिभाजन गरेर समुह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ ।

विगतमा कर्पोरेट नाईट, मिस हिमालय नेपाल जस्ता इभेन्टहरु सफलतापूर्वक आयोजना गरिरसकेको कथा इभेन्टको यो मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ पहिलो संस्करण हो । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस