> Gufgaf.com

रेडियो अडियो

किशन रेग्मी र रेश्मा केसीको कुम जोडी नाचौ लाग्यो

2019/02/03   gufgaf

गफगाफ -  गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गित  कुम जोडी नाचौ लाग्योू को म्युजिक भिडियो सार्बजनिक भएको छ अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।  

उनको पछिल्लो गीत कुम जोडी नाचौ लाग्यो डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । युगल गीत कुम जोडी नाचौ लाग्यो गीतमा किशन रेग्मी संगै गायिका रेश्मा केसीको स्वर रहेको छ ।

कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा गायक रेग्मीको कुम जोडी नाचौ लाग्योू गीतको भिडियो निर्माण भएको छ । हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको कुम जोडी नाचौ लाग्यो गीत कलाकार तथा निर्देशक राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो जसलाई कमल राइले कोरियोग्राफी गरेका छन् भने शिब ढकालले छायांकन गरेका हुन । उक्त भिडियोमा मोडल निकोलस अर्याल र मोडल एन्जल श्रेष्ठको अभिनय रहेको छ । शिव शर्मा चञ्चलको शब्द र एस डि योगीको संगीत रहेको यस गीत अमेरिकाको ए एच एस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको हो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस