> Gufgaf.com

रेडियो अडियो

निकितासँग मन्त्रालयले माग्यो स्पष्टिकरण

2019/02/04   gufgaf

गफगाफ -  चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई संचार तथा सूचना प्रविधी मन्त्रालयले स्पष्टिकरण माग गरेको छ । उनलाई चौमासिक समिक्षा बैठकका लागि पत्रचार गरिएको थियो । पत्रचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थिती बारे कुनै जानकारी पनि नगराएको भन्दै स्पष्टिकरण को माग गरेको हो । उनि बिदा बस्दाको समयमा पनि स्विकृती विनै बस्ने गरेको बताइएको छ ।

मन्त्रालयले आर्थिक बर्ष २०७५–०७६ का लागि चौमासिक समिक्षा बैठक राखेको राखेको थियो । तर, उक्त बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगती सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस बिषयमा प्रश्न सोधेका थिए । 

मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टिकरण माग गरेको बुझिएको छ । यता बोर्ड अध्यक्ष पौडेल भने हाल सम्म मौन छिन् । उनले मन्त्रालयले माग गरेको स्पष्टिकरण बारे कुनै पतिकृया दिएकी छैनन् । पौडेलले हालै मात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस