> Gufgaf.com

रेडियो अडियो

निखिलको चलचित्रमा सन्चिता ?

2019/02/05   gufgaf

गफगाफ -  एक समयका चर्चित एक्शन अभिनेता निखिल उप्रेती यति बेला चलचित्र निर्माण गरिरहेका छन् । उनि बाहिरी व्यानरका चलचित्रहरुमा नदेखिएको लामै समय भयो । तर पनि चलचित्रको पर्दामा व्याक भए पछि हराएका भने छैनन् । उनले निर्माण गरेका पछिल्ला चलचित्रहरुलाई दर्शकले अपेक्षाकृत साथ दिएका छैनन् ।

रुद्र, पिंजडा ब्याक अगेन, भिलेन लगायतका चलचित्रहरुमा उनको अभिनय छ, तर उक्तहरुलाई दर्शकले अपेक्षाकृत साथ दिन सकेनन् । अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनी करिव ५ वर्ष चलचित्र नगरीबाट हराएका थिए । लगातार चलचित्र बाट पाएको असफलतालाई बिर्सीएर उनि फेरी चलचित्र निर्माणमा लाग्ने भएका छन् । उनि चलचित्र ‘भैरव’को सिक्वेल निर्माण गर्ने तयारीमा रहेको बताइएको छ ।

सुरुवातमा उक्त चलचित्रको नाम ‘भैरव २’ राख्ने राख्ने बताइएको थियो । तर उक्त नाम पनि परिवर्तन गरिएको छ । अब निखिलले निर्माण गर्न लागेको उक्त चलचित्रको नाम ‘आयो भैरव’ हुने भएको छ । चलचित्र ‘आयो भैरव’ का लागी निखिल आफैले कथा लेखिरहेको बताइएको छ । चलचित्रको निर्माण तथा निर्देशन पनि निखिल स्वयंको रहने बताइएको छ । तर उनलाई निर्देशनमा सहयोग गर्नका निम्ति साउथ चलचित्रबाट एक निर्देशक झिकाउन लागेको बताइएको छ ।

चलचित्रमा रहने कलाकारहरु फाइनल भइनसकेको बताइएको छ । चलचित्रको कथा लेखन पश्चात कथा अनुसारको पात्र छनोट गर्ने निखिलको तयारी छ । तर मुख्य एक भुमिकामा भने निखिल आफै देखिने छन् । उनले चलचित्रको अर्को मुख्य कलाकारमा आफ्नै श्रीमती समेत रहेकी अभिनेत्री सन्चिता पनि हुन सक्ने बताए ।

“यदि चलचित्रको कथाले सन्चितालाई माग्छ भने त्यो असम्भव छैन । हामीले राम्रो चलचित्र निर्माण गर्ने हो र त्यसका निम्ति कथा अनुसारको पात्रले महत्वपुर्ण भुमिका खेल्छ,” निखिलले भने । चलचित्र ‘आयो भैरव’ मा राजधानी भित्र हुने अपराधिक घटना देखाउन लागिएको बताइएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस