
>
गफगाफ - भिषण राईको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘पुरानो बुलेट’ले फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। ‘पुरानो बुलेट’ को सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर भएका छन ।
चरित्र चित्रण गरिएको एक पोस्टरमा चलचित्रका नायक अनुपबिक्रम शाही बुलेट बाइक मा देखिएका छन भने अर्को पोस्टरमा अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु बिन्दास मुडमा देखिएका छन । साथै अर्को पोस्टरमा जिन्स ज्याकेटमा देखिएका अनुप , बर्षा र माला हसिलो मुद्रामा देखिएका छन ।चलचित्र ‘पुरानो बुलेट’ चलचित्रमा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय रहेको छ।
क्रेजी इन्टरटेन्टमेन्ट को ब्यानर निर्माण भएको चलचित्रको कथा निर्देशक भीषण राई र सन्तोष राईले मिलेर लेखेका हुन। नेपालको पुर्बी भागमा सम्पूर्ण छायाँकन गरिएको चलचित्रलाई अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माण गरेका हुन । कार्यकारी निर्माता भने सन्तोष राई हुन ।चलचित्र यही चैत १ गते बाट प्रदर्शनमा आउँदै छ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस