
>
भारतीय अभिनेता रजनीकान्तकी कान्छी छोरी सोन्दर्या विवाह बन्धनमा बाँधिने तयारीमा छन् । सौन्दर्याले सोमबार मात्रै ट्विटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी छिन् । सौन्दर्याको अभिनेता विशागन वनंगमुदीसँग ११ फेबु्रअरीमा विवाह हुँदैछ ।
चेन्नईमा रहेको रजनीकान्तको पोईस गार्डनमा उनीहरुको विवाह हुनेछ । भारतीय सञ्चार माध्ययमका अनुसार रजनीकान्तकी श्रीमती लताले विवाहको तयारीसँगै सुरक्षामा पनि कडा निगरानी राखेकी छिन् ।
घर बाहिर ट्रािफक जाम र फ्यानहरुको भिड हुने डरले सुरक्षामा विशेष ध्यान दिईएको बताईएको छ । १० फेबु्रअरी देखि विवाहका विधिहरु शुरु हुनेछन् । ११ फेबु्रअरीमा विवाह हुने छ भने १२ मा रिसेप्शन राखिने भएको छ ।
सौन्दर्याको यो दोस्रो विवाह हो । यस अघि उनले व्यवसायी अश्विन रामकुमारसँग सन् २०१० मा विवाह गरेकी थिईन् । उनीहरु २०१६ मा अलग भएका हुन् । उनका एक छोरा वेद पनि छन् । ग्राफिक्स डिजाईनरको रुपमा करिअरको शुरुवात गरेकी सौन्दर्याले बाबा, मजा, संदाकोझी, र शिवाजी जस्ता सिनेमामा काम गरिसकेकी छिन् ।
सौन्दर्याका हुनेवाला श्रीमान विशागनले गत वर्ष तमिल सिनेमा 'वंजागर उलागम'बाट अभिनयमा डेब्यु गरेका हुन् ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस