gufgaf

सहयोग लिएर मेरी बास्सै टिम पुग्यो बुद्धिमानको घर

2019/02/06   gufgaf
   

गफगाफ - नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुबै हात खुट्टा गुमाएका बुद्धिमान कुँवरको सहयोगार्थ १ लाख १६ हजार ९ सय ७०  रुपैयाँ सहयोग गरेको छ । नागानो केन जापान परिवारले जापानमा रोजगारीको शिलशिलामा गएका नेपालीहरुबाट संकलित उक्त रकम बुद्धिमानलाई मंगलबार हस्तान्तरण गरिएको हो । संस्थाका संरक्षक पम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्र प्रसाद सिलवालको सक्रियतामा संकलित रकम मेरी बास्सैका कलाकारहरुले बुद्धिमानलाई हस्तान्तरण गरेका हुन् । 

मेरी बास्सैका कालकार लेखान्त भुषाल ‘घिरौले’ र दिवाकर भण्डारी ‘सापटी काका’ को हातबाट बुद्धिमानलाई उक्त रकम प्रदान गरिएको हो । उनको सहयोगका लागि सापटि काका र घिरौलेले नेपाली समाज नागानो केन जापानसँग सहयोगका लागि लबिङ गरेका थिए । उक्त सहयोग रकम प्राप्त भएपछि बुद्धिमान र उनकी पत्नी पनि खुशी भएका थिए । उनीहरुले उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै अझै सहयोगको आशा राखेको बताएका छन् । 

बुद्धिमानको सहयोगका लागि हालसम्म करिब १५ लाख रुपैयाँ रकम संकलन भइसकेको सहयोग समितिका भुपेन्द्र बस्नेतले बताएका छन् । दुई ओटा हात र एक खुट्टा हाल्नका लागि १ करोड बढि रकम लाग्ने बस्नेतले बताए । रोजगारीको शिलशिलामा भारत गएका बाँकेका बुद्धिमानको करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण हाल उनी सहयोगको अपिल गर्दै काठमाडौँ आएका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस