gufgaf

हास्य कलाकार किरण केसी सम्मानित

2019/02/06   gufgaf
   

गफगाफ -   हास्य कलाकार किरण केसी “राता मकै” लाई साम्देन शेर्पा २०७५ बाट लाईफटाइम एचिभ्मेन्ट अर्वाड सहित सम्मान गरिएको छ । सोनाम ल्होछारको उपलक्षमा आयोजित एक कार्यक्रममा नगद रु ३५ हजार, प्रमाण पत्र, ताम्रपत्र सहित उनलाई सम्मान गरिएको हो । लामो समय सम्म कलाकारितामा गरेको योगदानको कदर गर्दै उक्त अर्वाड प्रदान गरिएको हो ।

उनलाई नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवले सम्मान गरेका थिए । सोहि समारोहमा सम्मानित किरण केसीले कलाकार वसुन्धारा भुषालले स्थापना गरेको कलाकार कल्याण कोषका निम्ति नगद रु २५ हजार प्रदान गरेका थिए ।लामो समय कलाकारिता क्षेत्रमा रहेका कलाकार केसीले करिव ११७ वटा चलचित्रमा अभिनय गरेका छन् ।

उनले दर्जनौ हास्य टेलिचलचित्रहरुमा पनि आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् । गायनमा पनि उत्तिकै अब्बल केसीका ४ वटा गीती एल्वम समेत बजारमा आइसकेका छन् । उनि यति बेला चलचित्र दाल भात तर्कारीको निर्माणमा व्यस्त छन् । उनि उक्त चलचित्रको प्रस्तुतकर्ता हुन् । चलचित्र दाल भात तरकारीमा उनको अभिनय समेत रहेको छ । 
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस