gufgaf

अनुष्का जस्तै देखिने जुलिया

2019/02/06   gufgaf
   

गफगाफ -  अभिनेत्री अनुष्का शर्मा यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन । अनुष्काकाे यसरी चर्चा हुनुको कारण उनको अभिनय वा फिल्मका कारण नभई उनीजस्तै देखिने अर्की महिलाका कारण चर्चामा छिन् । 

अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन ।

यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि स्वयम् जुलिया माइकल्सले ट्विटरमा अनुष्का र आफ्नो फोटो सेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरिन्। 

जुलिया आफैले अनुष्कासँगको तस्बिर सेयर गरेपछि अनुष्का शर्माले पनि जुलियालाई प्रतिक्रिया दिएकी छिन् । अनुष्काले लेखेकी छिन्, ‘हो म जीवनभरि तिमी अनि हाम्रा पाँच जना अनुहार मिल्नेहरुलाई खोजी राखेकी थिएँ ।’ 

अनुष्का शर्मा बलिउड फिल्म उद्योगमा अभिनयमार्फत दर्शकहरुबीच चर्चित छिन् । उनी जस्तै देखिने जुलिया माइकल्स पनि हलिउडमा गीत गाउनुका साथै लेख्ने पनि गर्छिन् । साथै उनी ग्रामी अवार्डमा उत्कृष्ट गायिकाको रुपमा नोमिनेशनमा परेकी थिइन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस