> Gufgaf.com

रेडियो अडियो

‘२.०’ का कारण रजनीकान्तले घटाए पारिश्रमिक !

2019/02/07   Gufgaf

दक्षिण भारतीय अभिनेता रजनीकान्त यतिबेला कान्छी छोरी सौन्दर्याको दोस्रो विवाहको तयारीमा जुटेका छन् । ११ फेबु्रअरीमा उनले छोरी सौन्दर्याको दोस्रो पटक कन्यादान गर्नेछन् । छोरीको विवाह गराएसँगै रजनीकान्त आगामी तमिल सिनेमाको तयारीमा जुट्नेछन् ।

पहिलो पटक उनले निर्माता एआर मुर्गदासको सिनेमामा काम गर्दैछन् ।  यस सिनेमामा काम गर्नको लागि रजनीकान्तले आफ्नो पारिश्रमिक घटाएको भारतीय सञ्चार माध्ययममा उल्लेख गरिएको छ ।

सिनेमा लाईकाको ब्यानरमा निर्माण हुनेछ । लाईकाकै ब्यानरमा निर्माण भएको सिनेमा २.० ले निर्मातालाई नाफा नगराएपछि रजनीले पारिश्रमिक कम गरेर यहि ब्यानरको अर्को सिनेमामा काम गर्ने भएका हुन् । 

५ सय ४३ करोडमा बनेको सिनेमा ‘२ .०’ ले कारोबार त्यति नराम्रो गरेको भने हैन । तर सिनेमाको निर्माण लागत नै बढी भएपछि निर्मातालाई घाटा भएको थियो ।  

यहि कारण रजनीले  सिनेमाका निर्मातालाई घाटा नहोस भनेर पारिश्रमिक घटाएर लाईकासँग काम गर्न तयार भएको बुझिएको छ । 

यतिबेला प्रि प्रोडक्शनमा रहेको यो सिनेमा मार्च महिना देखि फ्लोरमा जानेछ । यस सिनेमामा रजनीको जोडीको रुपमा तमिल अभिनेत्री किर्ति सुरेशले काम गर्ने सम्भावना छ ।  किर्तिले यस अघि मुर्गदासको सिनेमा ‘सरकार’मा काम गरिसकेकी छिन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस