gufgaf

एकै दिन विहे गरेका ५ सेलिब्रेटी जोडी

2019/02/07   Gufgaf
   

गायिका माण्डबी त्रिपाठी र संगीतकार विपिन आचार्य वैवाहिक बन्धनमा बाँधिएको  आज ९ वर्ष भएको छ । व्रिकम सम्वत २०६५ सालमा गीत रेकर्डिङको क्रममा उनीहरुले गुन्जन रेकर्डिङ स्टुडियोमा पहिलो पटक भेट्ने अवसर पाएका थिए । पहिलो भेट भएको दुई वर्ष पछि उनीहरुले एकअर्कालाई जीवनसाथी बनाएका हुन् । यी दुईको विवाह मागी विवाह हो ।  विवाह अगाडि नै एकअर्कालाई चिनेको भएपनि उनीहरुको अफेयर भने थिएन । एक अर्काको राम्रो साथी थिए । 
राम्रो साथी बनिसकेका उनीहरुको २०६७ साल मंसिर २९ मा उनीहरुको विवाह हुने निर्णय भयो । त्यसको डेढ महिना पछि माघ २४ गते उनीहरुको लगनगाँठो कसिएका हो । विवाहको ९ वर्ष लाग्दा यो जोडी एक छोरा मायुक छन् । 

Image may contain: 2 people, including Mandabi Tripathi, people smiling, people sitting, outdoor and nature

एकअर्काको साथीको रुपमा अघि बढिरहेको उनीहरुको विवाह प्रसंग चाखलाग्दो नै छ । विपिनको घरमा  बहिनीको विवाहको कुरा छिनोफानो भयो । बहिनीको विवाह हुँदा विपिनको विवाहको लागि कुरा उठ्यो र केटी छनौट गर्ने कुरा आयो । त्यसबखत माण्डबी र विपिनको बहिनीको सम्बन्ध नजिकको भईसकेको थियो । यहि कारण पनि विपिनको लागि माण्डबीको नाम आयो । विवाह अघि नै कामको शिलशिलामा माण्डबी विपिनको घरमा गईरहन्थिन् । विपिनको परिवारले त माण्डबीलाई पहिले नै मन पराईसकेको थियो । यहि कारण विपिनको लागि उनको परिवार माण्डबीको हात माग्न पुग्यो । पहिले देखि नै चिनजान र राम्रो मित्रता भएका कारण  माण्डबीले पनि विपिनसँग विवाह गर्ने निर्णय लिईन् । अहिले यो जोडीको दाम्पत्य जीवन निकै सुखी र खुशी छ ।
२०६७ सालको माघ २४ गते माण्डबी र विपिनले विवाह गरे । अघिल्लो वर्ष यहि दिनमा अन्य चार जोडीले पनि लगन गाँठो कसेका थिए । यस सामाग्रीमा हामी ती ४ जोडीको बारेमा पनि चर्चा गर्दैछौँ । 

Image may contain: 2 people, including Nissan Bajagain, people sitting
सुनिता गौतम र निशान बजगाईँ

टेलिसिरियल ‘मेरी बास्सै’मा माग्ने बुढाको श्रीमती मैयाँ भएर चर्चामा आएकी अभिनेत्री सुनिता गौतम र निर्माता निशान बजगाईँको आज १० औँ वैवाहिक वर्षगाँठ हो ।  २०६६ सालको माघ २४ गते वैवाहिक बन्धनमा बााधिएको यो जोडी  एक छोरी निशुनाको अभिभावक पनि बनिसकेको छ । ६६ सालमा विवाह गरेकी सुनिताले ६७ सालमै छोरी निशुनालाई जन्मदिएकी  थिईन् ।
निशान र सुनिताको प्रेम विवाह हो । 

झण्डै ६ वर्ष एकअर्काको प्रेममा रहेको यो जोडीले हरेक वैवाहिक वर्षगाँठलाई विशेष बनाउने गरेको छ । तर यस पटक भने निशानका बुवा बितेको वर्षदिन नपुगेका कारण केही पनि नगरिने उनीहरुले बताए । 
५९ सालमा एसएलसी दिएर कलाकार बन्न काठमाण्डौ आएकी सुनितालाई निशानले प्रेम प्रस्ताव नभई सिधै विहेको प्रस्ताव राखेका थिए । यी दुईको पहिले देखि नै चिनजान थियो । निशान सुनिताकी फूपुका देवर हुन् । तर पहिले देखि नै चिनेको भएपनि सुनिताले पहिलो प्रस्तावमै निशानलाई हुन्छ भन्न भने सकिनन् । किनभने त्यतिबेला विवाहको लागि उनको उमेर पुगेको थिएन । त्यसको  केही समय पछि उनीहरु ललितपुरको चिडियाखाना घुम्न गए । त्यहाँ निशानले फेरि पनि विहेकै प्रस्ताव राखे । यो पटक सुनिताको मन पनि पग्लियो । उनी निशानसँग विवाह गर्न राजी भईन् । सुनिताले विवाह गर्न तयार भएको ६ वर्षपछि उनीहरुको विवाह भएको हो ।

Image may contain: Niraj Nepal and Santoshi Nepal, people smiling, people standing

निरज नेपाल  र सन्तोषी नेपाल
कलाकार तथा निर्देशक निरज नेपालको पनि आज विवाह  भएको १० वर्ष पूरा भएको छ । १० वर्ष अघि पनौतीकी सन्तोषीसँग उनले मागी विवाह गरेका थिए । निरज र सन्तोषीका ८ वर्षका छोरा छन् शुभम नेपाल । निरज टेलिसिरियल ‘जिरे खुर्सानी’का निर्देशक समेत हुन् । उनले अर्को टेलिश्रृङखला ‘ब्रेक फेल’मा कलाकार र सह निर्देशकको रुपमा काम गरिसकेका छन् । त्यस्तै उनले पछिल्लो समय मुन्द्रको कमेडी क्लबमा काम गरिरहेका छन् ।  निरजकी श्रीमती सन्तोषी छोरा शुभमको हेरचाहका साथै ‘बेबी शप’ अर्थात पसल पनि हेरिरहेकी छिन् ।  

Image may contain: 3 people, including Suman Giri Bhanja, people smiling, people standing and outdoor

सुमन गिरी उर्फ भान्जा र  ईन्दु गिरी
निर्माता तथा प्रोडक्शन डिजाईनर सुमन गिरी उर्फ भान्जा को पनि आज १० औँ वैवाहिक वर्षगाँठ परेको छ । सुमनले २०६६ साल माघ २४ गते सुमनले धापासीकी ईन्दु गिरीसँग मागी विवाह गरेका हुन् । सुमन र ईन्दुका दुई छोरीहरु ८ वर्षिय  श्रीभा र ६ महिनाकी श्रीसु छन् । आमा सरस्वती मुभिजले बनाएका सबै सिनेमाहरुमा प्रोडक्शन डिजाईनरको रुपमा काम गरेका सुमन वडा नम्बर ६ देखि निर्माता पनि बनेका हुन् । 

Image may contain: 3 people, including Deependra Khaniya, people smiling, closeup

दीपेन्द्र खनिया र शिखा शर्मा
नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो रेडियो अडियोका कार्यकारी निर्देशक  दीपेन्द्र खनिया र  शिखा शर्माको आज दशौँ वैवाहिक वर्षगाँठ परेको छ । आजभन्दा १० वर्षअघि उनीहरुले लगनगाँठो कसेका थिए । यी दुईले ९ वर्ष लामो प्रेमपछि परिवारको सहमतिमा मागी विवाह गरेका  हुन् । यो जोडीको एक छोरी  ५ वर्षिय राज्ञी खनिया छिन् । 
खनियाँ नेपाली मनोरन्जन उद्योगलाई समृद्ध बनाउन लागि परेका छन । उनको अध्यक्षमा रेडियो अडियो, गफगाफ डट कम र फर्सी नेटवर्क यूट्युव च्यानल संचालनमा छन । 
उनले पछिल्लो समय चलचित्र निर्माणमा पनि हात हालेका छन । छक्का पञ्जा सीरीज र दाल भात तरकारीमा उनी निर्माताको रुपमा छन् । शिखा भने रेडियो अडियोमा पिआर डिरेक्टरको रुपमा कार्यरत छिन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस