gufgaf

‘ए मेरो हजुर ३’ को टिजर आईतबार !

2019/02/08   Gufgaf
   

अभिनेता अनमोल केसी अभिनित सिनेमा क्याप्टेन फागुन १७ मा प्रदर्शन हुने तयारीमा छ । केही दिन अघि मात्रै सार्वजनिक भएको यस सिनेमाको ट्रेलरले चर्चा बटुलिरहेको छ । यस पटक अनमोल डेढ महिनाको अन्तरमा दुईवटा सिनेमा लिएर आउनेछन् । 


तर धेरैलाई यो कुरा पत्यार लागेको छैन । अनमोल स्वयमले आफ्ना सिनेमाको प्रदर्शन मितिमा ६ महिनाको अन्तर हुने बताउँदै आएका छन् । यहि कारण यति छिटो उनको दुईवटा सिनेमा आउँछन् भन्ने कुरा पत्याउन धेरैलाई गाह्रो भएको छ । 


अनमोल अभिनित सिनेमा ए मेरो हजुर ३ चैत्र २९ मा नै प्रदर्शन हुने विश्वास दिलाउन सिनेमाका निर्माता सुनिल थापाले आईतबार टिजर सार्वजनिक गर्ने भएका छन् । यहि मितिमा सिनेमा ‘यात्रा’ पनि प्रदर्शनमा आउँदैछ । केही दिन अघि मात्रै यस सिनेमाको टिजर सार्वजनिक गरिएको छ ।

टिजरलाई दर्शकले रुचाएका छन् ।  यहि कारण पनि एम मेरो हजुर ३ को निर्माण पक्ष पनि हाल सिनेमाको टिजर सार्वजनिक गर्ने तयारीमा रहेको बुझिन्छ । सिनेमामा निर्माता सुनिल थापा र निर्देशक तथा अभिनेत्री झरना थापाकै छोरी सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा छन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस