> Gufgaf.com

रेडियो अडियो

‘मेरी बास्सै’मा मैयाँको नयाँ यात्रा

2019/02/10   Gufgaf

टेलिसिरियल ‘मेरी बास्सै’मा माग्ने बुढाको श्रीमती मैयाँ भएर काम गरेपछि अभिनेत्री सुनिता गौतम मैयाँको रुपमा नेपालीमाझ चिनिईन् । उनलाई दर्शकले माग्ने बुढाको श्रीमतीको रुपमा  निकै नै रुचाए पनि । दर्शकको यहि माया र चाहनाका कारण सुनिता  केही वर्षको अन्तर पछि फेरि मेरी बास्सैमा मैयाँको रुपमा कमब्याक भएकी छिन् । लामो समयको अन्तर पछि उनको ‘मेरी बास्सै’मा मैयाँको नयाँ यात्रा शुरु भएको छ । 

तर यस पटक उनको कमब्याकमा दर्शकले पहिलेको जस्तो स्वाद भने पाएका छैनन् । किनभने उनी पहिले माग्ने बुढासँगै उनको श्रीमतीको रुपमा देखिन्थिन् । अहिले भने उनीमात्रै प्रस्तुत भएका कारण दर्शकलाई तरकारीमा नुन नपुगे जस्तो लागि रहेको छ । दर्शक मात्रै हैन स्वयम सुनिता नै यो कुरामा सहमत छिन् । 

‘मेरी बास्सै’मा माग्ने बुढाको श्रीमती बनेर काम गरेपछि सुनितालाई धेरैले केदार घिमिरे अर्थात माग्ने बुढाको वास्तविक श्रीमतीको रुपमै हेर्न थाले । तर मेरी बास्सैमार्फत कलाकारिताको यात्रा शुरु गर्नु अगाडि नै उनको जीवनमा आएका थिए ताराचन्द्र बजगाईँ अर्थात निशात बजगाईँ । सुनिताका वास्तविक श्रीमान हुन् व्यवसायी तथा सिनेमा निर्माता निशान बजगाईँ ।  सुनिता र निशान विवाह बन्धनमा बाँधिएको पनि १० वर्ष भईसकेको छ । 

झण्डै ६ वर्ष एकअर्काको प्रेममा रहेर यो जोडी २०६६ साल माघ २४ गते विवाह बन्धनमा बाँधिएको हो ।
५९ सालमा एसएलसी दिएर कलाकार बन्न काठमाण्डौ आएकी सुनितालाई निशानले प्रेम प्रस्ताव नभई सिधै विहेको प्रस्ताव राखेका थिए । यी दुईको पहिले देखि नै चिनजान थियो । निशान सुनिताकी फूपुका देवर हुन् । तर पहिले देखि नै चिनेको भएपनि सुनिताले पहिलो प्रस्तावमै निशानलाई हुन्छ भन्न भने सकिनन् । किनभने त्यतिबेला विवाहको लागि उनको उमेर पुगेको थिएन । 
त्यसको  केही समय पछि उनीहरु ललितपुरको चिडियाखाना घुम्न गए । त्यहाँ निशानले फेरि पनि विहेकै प्रस्ताव राखे । यो पटक सुनिताको मन पनि पग्लियो । उनी निशानसँग विवाह गर्न राजी भईन् । सुनिताले विवाह गर्न तयार भएको ६ वर्षपछि उनीहरुको विवाह भएको हो । निशान र सुनिताकी एक छोरी छिन् निशुना बजगाईँ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस