> Gufgaf.com

रेडियो अडियो

लण्डनमा शुरु भयो ‘सम्हालिन्छ कहिले मन’को छायाकंन

2019/02/11   Gufgaf

त्रिकोणात्मक प्रेम कथामा तयार हुने सिनेमा ‘सम्हालिन्छ कहिले मन’को छायांकन शुरु भएको छ । केही दिन अघि मात्रै सिनेमाको छायाकंनको लागि लण्डन उडेको ‘सम्हालिन्छ कहिले मन’को टिमले आईतबार पूजाआजा गरी बेलायतको राजधानी लण्डनमा सिनेमाको छायाकंन सुरु गरेको हो ।

छायाकंनको पहिलो दिनमा सिनेमाका मुख्य दुई कलाकार पूजा शर्मा र सोनम थोप्देनले सर्ट दिएका थिए । 

झण्डै ५० दिनको छायांकन सेड्यूलको साथमा लण्डन पुगेको ‘सम्हालिन्छ कहिले मन’को टिमले लण्डनसँगै स्कटल्याण्ड, वेल्समा पनि छायाकंन गर्नेछ । लण्डन पछि सिनेमाको छायाकंन नेपालको मुस्ताङमा हुनेछ । 

एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमामा पूजा र सोनमका अलावा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।  

अमित बस्नेतको लगानी रहेको यस सिनेमाका कार्यकारी निर्मातामा अंकित गौतम र सनिष खकुरेल छन् । सिनेमामा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस