‘कथा काठमाण्डू’ को शिर्ष गीतमा हरिवंशको स्वर

2018/09/10   Tek

गफगाफ - असोज १२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कथा काठमाण्डू’ को शिर्ष गीत सार्वजनिक भएको छ । सुरज विक्रम थापाको शब्द, संगीत रहेको उक्त गीतमा बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र बुलेट फ्लो को स्वर रहेको छ । गीतमा काठमाडौंमा भएका बिकराल समस्याहरुलाई चित्रित गर्ने प्रयास गरिएको छ । चलचित्रमा भएको कथाबस्तुको केहि अंश गीत मार्फत प्रस्तुत गर्ने प्रयास गरिएको  निर्देशक संगीता श्रेष्ठको भनाई छ । 
विजय राइको निर्माणमा तयार भएको चलचित्रमा  लुजा सिंहको छायांकन छ भने भरत रेग्मीको सम्पादन  छ । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा कमल खत्री, मोहित मुनाल, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाको संगीत छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
यस अघि चलचित्रमा समाबेश ‘रातको कुरा...’ बोलको गीतले सर्बाधिक चर्चा बटुली सकेको छ ।  अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चलचित्र युनिटले चर्को आलोचना खेप्नु परेको थियो । 


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस