gufgaf

‘यात्रा’को ‘पाँच पंक्षी’ सार्वजनिक 

2019/02/11   Gufgaf
   

सिनेमा ‘यात्रा’मा समावेश ‘पाँच पक्षी बोलको गीत सार्वजनिक भएको छ । सोमबार दिउँसो  साढे तीन बजे युट्युब च्यानल ओ एस आर डिजिटल मार्फत सिनेमामा समावेश पहिलो गीत ‘पाँच पंक्षी’ प्रिमियर गरिएको हो । 


सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु सलिनमान बनिया,  मलिका महत, प्रेक्षा बज्राचार्य,  रिअर राई, प्रेक्षा बजाचार्य र जान्वी बस्नेतलाई फिचर गरिएको छ । 
नेपालका सुन्दर दृश्यहरु समावेश गरिएको यस गीतले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने निर्माण पक्षको दाबी छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको यस गीतमा  मेलिना राई, धमेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको आवाज रहेको छ । प्रविण सिंहको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई बनिष शाहले सम्पादन गरेका हुन् । 


चैत्र २९ गते देखि प्रदर्शनमा आउने यो सिनेमा अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘ए मेरो हजुर ३’ सँग भिड्दै छ । यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । म्युजिकल भ्लग भनिएको ् यात्रालाई केशव भट्टराई र  चिज कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस