गायीका तथा सञ्चारकर्मी चन्दा खड्काको घिनघिन मादल सार्वजनिक

गफगाफ - सञ्चारकर्मी तथा गायिका चन्दा खड्काको नयाँ तीज गीत सार्वजनिक भएको छ ।  घिनघिन मादल बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।  महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर खड्काले केहि वर्ष यता प्रत्यक वर्ष तीज गीत निकाल्दै आएकी छन् । यस वर्ष पनि सञ्चारकर्मी तथा गायिका खड्काले आफ्नो चौथो सांगीतिक एल्बम संगी बजारमा ल्याएकी छिन् । २ वाट तीज गीत समावेश गरिएको उक्त एल्बमा राजकुमार बगरको शब्द तथा संगीत रहेको छ ।
गीतको म्यूजिक भिडियोको निर्देशन तथा छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् ।  सम्पादन भने निसान घिमीरेको रहेको छ । एरेन्ज कमल सौरागले गरेका हुन । गीतमा नृत्य निर्देशन आयस्वर लिम्बुको रहेको छ । भिडियोमा मोडल रिना न्यउपाने र गायिका खड्का स्वयमको अभिनय रहेको छ । 
सञ्चारकर्मी तथा गायिका खड्काको माइतीघर, माइतीघर भाग २, तीजको लहर लगायतका ३ वटा एल्बम बजारमा आइ सकेका छन् । यस्तै गत साल गितकार पुजा मारियाको शब्दमा रहेको प्रदेशिको यादमा नामक लोक गितको एल्बम समेत बजारमा आइसेको छ ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस