gufgaf

नेपाली चलचित्रका पाँच रियल जोडी

2019/02/14   gufgaf
   

गफगाफ -  चलचित्र नगरीमा धेरै यस्ता नायिकाहरु छन्,जो रिल लाइफमा मात्र नभएर रियल लाइफ मै चलचित्र कर्मीलाई आफ्नो रियल जोडी बनाएका छन् । आज भ्यालेन्टाइन डे विशेष अन्तर्गत हामी ५ नायिकाका  रियल जोडीकाको चर्चा गर्दै छौ

sunil kumar thapa & jharna thapaको लागि तस्बिर परिणाम

१ झरना थापा र सुनिलकुमार थापा

नयिका झरना थापाका रियल जोडी हुन निर्माता सुनिल कुमार थापा । उनि चलचित्र निर्माता सँगै व्यापारी पनि हुन् । उनिहरु चलचित्र क्षत्रमा सहयात्रा गरेको करि २ दसक पुरा भइसकेको छ । उनिहरुले करिव ३ महिनाको प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका थिए । सुनिल झरनाको हात माग्न जादा अविभावकले उनिहरुको सम्वन्धलाई अस्विकार गरे पछि उनिहरुले भागी विवाह गरेका थिए ।

नायिका झरना थापालाई चलचित्र निर्देशनका निम्ति अभिप्रेरित पनि उनकै श्रीमान सुनिल कुमार थापाले नै गरेका थिए । झरनाले निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ ले दर्शकको राम्रो साथ पाउन सफल भएको थियो । उनकै निर्देशनमा चलचित्र ए मेरो हजुर ३ पनि निर्माण भइरहेको छ । जसमा निर्देशक झरना र निर्माता सुनिल कुमार थापा कै छोरी सुहाना थापाले डेव्यु गरेकी छन् ।

सम्बन्धित छवि

२ स्वस्तिमा खड्का र निश्चल बस्नेत

चलचित्र नगरीका अर्का रियल जोडी हुन स्वस्तिमा खड्का र निश्चल बस्नेत । उनिहरुलाई धेरैले राष्ट्रिय दाजु भाउजुको दर्जा समेत दिएका थिए । निश्चललाई चलचित्र नगरीमा बहुमुखी प्रतिभाका धनि कलाकारका रुपमा चिन्ने गरिन्छ । निश्चलले निर्देशन गरेको चलचित्र लुट ले त्यो समयमा नेपाली चलचित्र इतिहासकै सबै भन्दा धेरै व्यापार गर्न सफल भएको थियो  । निश्चल निर्देशन,गायन,नृत्य लगायतका विधामा पोक्त मानिन्छन् । 

निश्चल र स्वस्तिमाले केहि समयको प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका थिए । निश्चललाई विवाहका निम्ति घर परिवारबाट दवाव आइरहन्थ्यो । निश्चल र स्वस्तिमाको फेसबुकमा सामान्य कुरा भइरहन्थ्यो । उनिहरुलाई एक अर्काको जोडी बनाउनमा निश्चलकी भतिजिको ठुलो हात रहेको छ । उनले दुबै पक्षका कुरा दुवै पक्षमा पुर्याउने गर्थिन् । समान्य कुराकानी सामान्य भेटघाट हुदा हुदै उनिहरुले एक अर्कालाई प्रेमी प्रमीकाका रुपमा परिणत गरे । त्यसको केहि समय पश्चात नै उनिहरुले लगनगाठो कसेका थिए । 

सम्बन्धित छवि
३ दिपिका प्रसाई र दिवाकर भट्टराई्

चलचित्र नगरीको अर्को रियल जोडी हुन् नायिका दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई । उनिहरुले केहि समय अघि मात्र कानुनी रुपमा विवाह गरेका थिए । नायिका दिपिका प्रसाईलाई चलचित्र नगरीमा दिवाकरले नै ल्याएका थिए । नायिका दिपिकाले चलचित्र ऐशोर्य बाट चलचित्र नगरीमा डेव्यु गरेकी थिइन् । सोहि समय देखि नै उनिहरु प्रेम सम्वन्धमा रहेको चर्चा थियो ।

नयिका दिपका प्रसाई अभिनित चलचित्र छक्का पञ्जा ३ ले चलचित्र इतिहासकै सबै भन्दा धेरै व्यापार गर्न सफल भएको थियो । यता दिवाकर भट्टराई निर्देशत चलचित्र क्याप्टेन प्रदर्शनको तयारीमा रहेको छ । 

priyanka and ayushmanको लागि तस्बिर परिणाम
४ आयुष्मान देशराज जोशी र प्रियंका कार्की

चलचित्र नगरीको अर्को रियल जोडी हुन्,आयुष्मान देशराज जोशी र प्रियंका कार्की । यो जोडी समय समयमा विभिन्न कारणले चर्चामा आइरहन्छन् । यो जोडीले पनि टिकाटालो गरिसकेका छन् । प्रयंकाले अयुष्मान सँग दोस्रो विवाह गर्न लागेकी हुन् । प्रियंकासँग सम्वन्ध जोडिन भन्दा अघी अयुष्मान पनि नायिका परमिता आर एल राणासँगको प्रममा थिए ।

Image may contain: 2 people, including Barsha Raut, people smiling

५ बर्षा राउत र संजोग कोइराला 

खुल्लम खुल्ला प्यारमा रमाएको अर्को जोडी हो नायिका वर्षा राउत र संजोग कोइरालाको जोडी । उनिहरु करिव ८ वर्ष देखि नै एक अर्काको प्रेममा थिए । उनिहरुले पहिले देखि नै संयुक्त रुपमा व्यापार समेत गर्दै आएका छन् । यो रियल जोडीले लामो समय देखिको पे्रम सम्वन्धलाई विवाहमा परिणत गर्दै छन् । उनिहरुले भाल्गुण २ गते अर्थात आजकै दिन लगनगाठो कसेका छन् । पछिल्लो समय नायिका वर्षा राउत चलचित्र नगरीमा निकै व्यस्त छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस