यस्तो बिहेलाई अनमेल बिबाह पनि भनिन्छ

डा. खेम कार्की/विवाह एउटा प्रक्रिया हो जसका माध्यमबाट दुई व्यक्तिले आफ्नो सम्बन्धलाई सार्वजनिक, औपचारिक र स्थायी बनाउँछन् । कानूनी  तथा सामाजिक मुल्य मान्यता बमोजिम दुई फरक लिङ्गका व्यक्तिबीचमा सम्बन्ध स्थापित गरी घरबार बसाउनु नै विवाह हो । तर आजकल समलिङ्गी विवाह पनि हुने गरेको छ । यसलाई सामान्य मान्नु पर्छ । विवाहको मूल तत्व भनेको घर बसाउनु हो र सन्तान उत्पादन गरी परिवार बनाउनु हो वा वंश बृद्धि गर्नु हो।

बालविवाह भनेको के हो  ?

बालविवाह भनेको केटा वा केटी वा दुबैको उमेर १८ वर्ष पूरा नभई गरिने विवाह हो । नेपालको कानूनद्वारा निषेध गरिएकोले बालविवाह एउटा अपराध हुनुका साथै मानवअधिकारको हनन् समेत हो । नेपालमा अझै पनि बालविवाह चिन्ताजनक अवस्थामा छ ।

नेपालमा केटाको उमेर भन्दा सानो उमेरकी केटी बिहे गर्ने चलन अझै पनि पाईन्छ।यस्तो बिहेलाई अनमेल बिबाह पनि भनिन्छ ।

सानो उमेरमा हुने विवाहका दुष्परिणामहरूले विश्व आक्रान्त छ । विश्वको समग्र बिकासका दुई मुख्य बाधकहरूमा बालविवाह र ससस्त्र द्वन्द हुन् ।

 

विश्वमा हुने बालबिबाह

प्रति बर्ष    .१५,०००,००० ९एक करोड ५० लाख० जना

प्रति दिन   . ३७,००० ९३७ हजार० जना

प्रति घण्टा  . १७०० ९१७ सय० जना

प्रति मिनेट  . २८ जना

प्रति सेकेन्ड . २ जना

विश्वको इतिहासमा नै सबै भन्दा बढी बालविवाह भएको र हुने जोखिम रहेको अवधि यहि हो  । नेपाल जस्तो बिकासन्मुख मुलुकका३ कोशोरी मध्ये १ किशोरीको १८ बर्ष नपुग्दै विवाह भैसकेको हुन्छ । नेपालमा बाल बिबाहको दर घट्दै गएको भए पनि विश्वमा धरै बालबिबाह हुने देश मध्ये नेपाल २२औं मुलुक हो ।

दक्षिण  एसिया मा लगभग २ जना किशोरीमा १ जनाको १८ वर्ष नपुग्दै  बिहे हुन्छ।  यो  बिश्वमै सबै   भन्दा धेरै विवाह हुने दर हो । यो क्षेत्रमा सबै भन्दा धेरै बंगलादेश ९५२५०, त्यसपछि  भारत ९४७५०, नेपाल ९३७५० र अफगानिस्तान ९३३५० पर्दछन ।

सन् २०१४ मा केन्द्रीय तथ्यांक बिभाग र युनिसेफले गरेको सर्वेक्षण अनुसार बालविवाह अर्थात् १८ बर्ष भन्दा कम उमेरमा हुने विवाह दर ३७ ५ छ । करीब १०५ किशोरीको १५ बर्ष नपुगी नै विहे हुन्छ­।

स्रोतःhttp://sahiumersahikadam.org/article/126


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस