gufgaf

धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरको अवसर

2019/02/21   gufgaf
   

गफगाफ - हास्य कलाकार सितारम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेसनमा जागीरका निम्ति आवेदन खुल्ला भएको छ । बहु आयामिक अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसनका निम्ति विभिन्न २३ वटा शिर्षकका लागी अबेदन खुल्ला गरिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेसनले खुल्ला गरेको आबेदनमा प्रोजेक्ट म्यानेजर,कन्स्ट्रक्सन म्यानेजर,अफिस म्यानेजर,कम्युनिकेसन म्यानेजर,मार्केटिङ म्यानेजर,एच आर म्यानेजर,फाइनान्स म्यानेजर,प्रोडक्सन म्यानेजर,आई टि म्यानेजर,सोसियल मिडिया एक्स्पोर्ट, सिभिल तथा आर्किटेक इन्जिनियर, साइट इन्चार्ज,इन्टेरियर डिजाइनर,एक्जुकेटिभ सेक्रेटरी, आइटि अफिसर,पव्लिक रिलेसन अफिसर,क्यामरा पर्सन,एक्जुकेटिभ असिस्टेन्ट लगायतका २३ शिर्षकमा नेपाली नागरिक भएका तथा अनुभवी व्यक्तिहरुको माग गरेको छ । 

Image may contain: 2 people, people smiling, text

आवेदन भर्न चाहाने नेपाली हरुले www.merojob.com/dhurmussuntali  मा गाएर आबेदन भर्न सकिने छ । जागिरका लागी आबेदन दिदा आफुले लिन चाहेको मासिक तलब पनि उल्लेख गर्नु पर्ने बताइएको छ । “नेपालमा अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सगै नेपालीहरुलाई आत्मनिर्भर बनाउनु पनि हाम्रो उद्धेश्य हो, र हामी त्यसैका लागी अघि बढिरहेका छौ धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले भने ।” “यति बेला हामीले सबै नेपालीहरुबाट सहयोग चाहेका छौ,र देश विदेशमा रहनु भएका नेपालीहरुले हामीलाई सहयोग गरिरहनु भएको छ । अझ धेरै सहयोगको आशा राख्दै सबै सहयोगी मनलाई धन्यवाद दिन चाहन्छु धुर्मुसले भने ।” 
चितवनमा निर्माण हुन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ विभिन्न कार्यक्रमहरुको आयोजना हुदै आएका छन् । केहि समय अघि मात्र धुर्मुस सुन्तली मलेसियामा आयोजना भएको धुर्मुस सुन्तली साझमा सहभागी भएर नेपाल फर्किएका थिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।  


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस