gufgaf

‘द कपिल शर्मा शो’ मा सुनिल ग्रोवर आउँदै

2019/02/21   gufgaf
   

गफगाफ - भारतीय चर्चित कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरबीच भएको झगडा केही समयअघि भारतय मिडियामा हेडलाइन बनेको थियो । केही समयअघि मात्रै विवाह गरेका कपिल शर्माले सुनल ग्रोवरसँग माफी माग्दै विवाहको निमन्त्रणा पनि पठाएका थिए । तर सुनल ग्रोवर कपिलको विवाहमा गएनन् ।  लामो समयसम्म बन्द रहेको कपिल शर्माको चर्चित शो फेरि सुरु भएसँगै ‘डाक्टर गुलाटी’को रुपमा चर्चित सुनिल ग्रोवर फर्कन सक्ने खबरहरु पनि आएका थिए । र अहिले सुनिल ग्रोवर साच्चै नै ‘द कपिल शर्मा शो’ मा जाने खबर सार्वजनिक भएको छ । 

अब छिट्टै नै दर्शकले ‘द कपिल शर्मा शो’ मा सुनिल ग्रोवरलाई हेर्न पाउनेछन् । तर कहानीमा थोरै ट्विस्ट छ, सुनिल कपिल शर्माको शोमा गुत्थी वा डाक्टर मशहुर गुलाटीको रुपमा आउने छैनन् । यस पटक सुनिल ‘कपिल शर्मा शो’ मा कलाकारका रुपमा नभई पाहुना भएर आउनेछन् ।  सुनिल ग्रोवर उनको अब आउने फिल्म ‘भारत’ को प्रमोशन गर्न  शोमा जानेछन् । फिल्म ‘भारत’ को प्रमोशन गर्नका लागि सलमान खान र कट्रिना केफका साथ सुनिल ग्रोवर पनि साथमा आउनेछन् ।

सुनील ग्रोवर पाहुनाका रुपमा शोमा आउँदा कपिल शर्माले कस्तो प्रतिक्रिया दिनेछन्, त्यो हेर्न दर्शकका लागि निकै रोचक हुनेछ । सुनिल ग्रोवर र कपिल शर्माबीच विदेश भ्रमणका क्रममा हवाइजहाजभित्रै झगडा भएको थियो । त्यस झगडापछि सुनिलले कपिल शर्माको शो छोडेका थिए । त्यसपछि एकअर्काको साथमा नदेखिएका कपिल र सुनिल लामो समयपछि ‘द कपिल शर्मा शो’ मा देखिनेछन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।  


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस