gufgaf

राजु मास्टरको फेसबूक ह्याक, नझुक्किन आग्रह   

2019/02/24   gufgaf
   

गफगाफ - मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । पौडेलले आफ्नो फेसवुक शुक्रवार वेलुकी ६ वजेवाट ह्यक भएको बताएका छन् । ह्याकरले राजु मास्टरको फेसबूक ह्याक गरि विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरिरहेको छ । उनको ह्याक भएको फेसवुकमा कोरिएन भाषाका शव्द लेखिएको कारण कोरियावाट ह्याक भएको अनुमान गरिएको छ । 
फेसवुक ह्याक भएर अनावश्यक तस्वीरहरु पोष्टहरु हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् । उनले आफ्नो फेसवुक ह्याक भएर हजारौं शुभचिन्तकहरुलाई सचत गराउंदै नयां फेसवुक खोलिएको र पुरानो फेसवुक आइडिमा व्लक गरिदिन सवैमा अनुरोध गरेका छन् । 

पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीहरुको फेसबुक ह्याक हुने क्रम बढेको छ । फेसवुक ह्याक भएपछि कलाकारले प्रहरी गुहार्नु परेको छ । वर्षदेखि प्रयोग गर्दै आएको आफ्नो फेसवुक ह्याक भएपछि चर्चित हास्य कलाकार राजु पौडेल उर्फ राजु पौडेलले प्रहरीको साहारा लिएका छन् । चर्चित हास्य टेलिश्रृंखला मेरी वास्सैका निर्देशकसमेत रहेका हास्य कलाकार राजु मास्टरको पांच हजार भन्दा वढि साथी र नौहजार भन्दा वढि फलोअर्स रहेको उनको जानकारीमुलक फेसवुक ह्याक भएपछि दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस