gufgaf

शोनाक्षीले धोका दिँदा आयोजकले खाए विष 

2019/02/24   Gufgaf
   

बलिवुड अभिनेत्री शोनाक्षी सिन्हा सहित ५ जनामाथि ३७ लाखको उजुरी परेको छ । अभिनेत्री शोनाक्षीले एक अवार्ड कार्यक्रमको लागि अग्रिम  शुल्क  ३७ लाख  लिईसकेपछि पनि कार्यक्रममा नगएपछि आयोजक प्रमोद शर्माले केही समय अघि उजुरी दर्ता गरेका थिए ।  

तर पुलिसले आरोपी विरुद्ध कुनै पनि एक्शन नलिएपछि  आयोजक प्रमोदले आत्महत्या गर्ने कोशिष गरेका छन् । प्रमोदले १३ फेबु्रअरीमा विष सेवन गरेर आत्महत्या गर्ने कोशिष गरेका थिए । प्रमोदले आत्महत्या गर्ने कोशिष गरेपछि यस मामिलामा भएको  जाँचले शोनाक्षी सहित ५ जना आरोपी भएको ठहर गरेको छ । 

गत ३० सेप्टेम्बरमा आयोजना गरिएको ईण्डिया फेशन एण्ड  ब्युटी अवार्डमा शोनाक्षीलाई बोलाईएको  थियो । 

यस कार्यक्रममा अवार्ड वितरण गर्नको लागि  शोनाक्षी जानु पर्ने थियो । तर उनी नगएपछि आयोजकलाई तनाव भएको हो । 

प्रमोदले शोनाक्षीको निजी  सचिव मालविका  पंजाबीसँग  कुरा गरेर  ३७ लाख रुपैयाँ उनको खातामा अनलाईन ट्रान्सफर गरेको तर अन्तिम समयमा शोनाक्षी उक्त कार्यक्रममा नआएको दाबी गरेका छन् ।

प्रमोदले उजुरी गर्दा पनि पुलिसले कारबाही अगाडि नबढाएपछि पुलिसलाई दवाब दिन विष सेवन गरेको खुलेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस