gufgaf

तितो सत्यको मिठो यात्रा

2019/02/25   gufgaf
   

गफगाफ - कुनै समय दर्शकले निकै रुचाएको हाँस्य टेलिश्रृंखला हो तितो सत्य । यसै  टेलिश्रृंखलाबाट दिपकराज गिरी र दिपाश्री निरौला दर्शकको मन मस्तिष्क बस्न सफल भए । अहिले उक्त हाँस्य टेलिश्रृंखला बन्द भइसकेको छ । करिव १२ वर्षको यात्रा पुरा गरे पश्चात हाँस्य टेलिश्रृंखला तितो सत्य बन्द भएको हो । वि.सं २०६० साल भदौ ४ गते बिहिबारदेखि नेपाल टेलिभिजनमा हाँस्य टेलिश्रृंखला तितो सत्य औपचारिक रुपमा सुरु भएको थियो ।

रेडियो कार्यक्रम राम विलास र धनियाबाट जोडिका रुपमा प्रस्तुत भएका दिपक दिपा तितो सत्यमा पनि जोडीकै रुपमा प्रस्तुत भए । उनीहरुको जोडीलाई दर्शकले खुब रुचाए । तितो सत्यसँगै दिपक र दिपाको लोकप्रियता पनि बढ्यो ।  रेडियो कार्यक्रम राम विलास र धनियाले श्रोताको माया पाएको थियो । त्यहि मायाले साहस दियो । दिपक र दिपाले टेलिभिजन कार्यक्रम गर्ने सोच बढाए ।हाँस्य टेलिश्रृंखला त बनाउने, तर कस्तो भनेर छलफल गरे ।

हाँस्य टेलिश्रृंखलाको ढाँचा बनाए । शुरुमा डमी कार्यक्रम निर्माण गरे र नेपाल टेलिभिजनमा देखाए । तर नेपाल टेलिभिजनले कार्यक्रम प्रसारण गर्न मानेन । आफ्नो मेहेनत लत्याएकोमा दिपक दिपा दुखी भए । तर, हरेश खाएनन् । आत्मबल बढाए र पुनः अर्को कार्यक्रम निर्माणमा लागिपरे । त्यो समयमा मिडिया हबका सोम धिताल, तत्कालिन टेलिभिजनका महाप्रबन्धक तपनाथ शुक्ला र शम्भुजित बास्कोटा बोर्ड सदस्य थिए । उनीहरुको सहयोगमा तितो सत्यले जम्मा १३ भागका लागि मात्र प्रशारण सहमति पायो । हाँस्य टेलिश्रृंखला स्वीकृत हुँदा सम्म नाम के राख्ने भन्ने फाइनल भएको थिएन । अन्तत बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले हाँस्य टेलिश्रृंखलाको नामकरण गरे – तितो सत्य ।

प्रशारण शुरु भएपछि तितो सत्यले २६ भागको स्वीकृति पायो ।  तितो सत्यकोे शुरुका पाँच भागसम्म दिपक र दिपा दिदी भाईको भूमिकामा देखिए । दिपक र दिपालाई दर्शकले रुचाए । २६ भागलाई रोचक बनाउन दिपक र दिपाले कथालाई परिमार्जृन गर्दै श्रीमान श्रीमतीको भूमिकामा आए । दर्शकले उनीहरुलाई झन् बढी मन पराए । त्यस पश्चात भने करिव १२ वर्ष सम्म उनीहरु श्रीमान श्रीमतिकै भुमिकामा रहेर काम गरे । टेलिभिजनको पर्दामा हरेक बिहिबार दम्पति बनेर देखिने भएकाले धेरैले यो जोडीलाई वास्तविक दम्पति नै सम्झिने गरेका थिए । कतिपय ठाउँमा पुग्दा श्रीमान श्रीमति होइन भन्न पनि नसक्ने स्थिति आउने गरेको थुप्रै अनुभवहरु दिपक र दिपासँग छन् ।

हाँस्य टेलिश्रिंखला तितो सत्यले दिपक र दिपालाई त स्थापित बनायो साथै, धेरै हाँस्य कलाकारहरु पनि जन्मायो । निर्मल शर्मा गैंडा, राज आचार्य, रबि डंगोल बेमान, गोपाल नेपाल फिस्टे, गोपाल अधिकारी ट्वाकेन्द्र, स्वीटी, पूर्ण थापा सुब्बा लगायतका कलाकारलाई लोकप्रिय बनाउन हास्य टेलिश्रिंखला तितो सत्यको ठूलो हात छ । 
हाँस्य टेलिश्रिंखला तितो सत्य बन्द भएपनि दिपक दिपाको सहयात्रा दह्रो भएको छ । सानोपर्दामा जमेको यो जोडीले ठूलो पर्दामा राज गरिरहेको छ । दिपक र दिपाको यो सहयात्रामा हाँस्य कलाकार केदार घिमिरे माग्नेबुढा र जितु नेपाल मुन्द्रे पनि छन् ।

यो टिमले निर्माण गरेका हरेक चलचित्रहरुले एक पछि अर्को रेकर्ड राख्न सफल भएका छन् । यो टिमले निर्माण गरेको पछिल्लो चलचित्र छक्का पञ्जा ३ ले नेपाली चलचित्र इतिहासकै सबै भन्दा धेरै व्यापार गर्न सफल भयो । चलचित्रले करिव २० करोडको व्यापार गरेको थियो । यो टिम फेरि पनि २०७६ सालको दशैमा रिलिज गर्ने गरी अर्को चलचित्रको निर्माणका लागि काम गरिरहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस