gufgaf

यमन श्रेष्ठसँग फन्नी गफ

2019/02/26   gufgaf
   

गफगाफ -  हाँस्य कलाकार यमन श्रेष्ठ यति बेला चलचित्र दाल भात तरकारीमा व्यस्त छन् । लामो समय अमेरिका वसेर नेपाल फर्किएका उनी अहिले कलाकारिता क्षेत्रमा नै सक्रिय छन् । अमेरिका बाट फर्किना साथ उनी नेपली हाँस्य टेलिृश्रंखला ‘खासुखुस’को लेखन तथा अभिनयमा सक्रिय भए । नेपाली हाँस्य टेलिृश्रंखला ‘खासुखुस’ बन्द भएको केहि समय भइसकेको छ । यमन यतिबेला अर्को हाँस्य टेलिृश्रंखला निर्माण गर्ने तयारीमा छन् । यमनलाई आउँदो हाँस्य टेलिश्रृंखलाको लागि शुभकामना । 

उनै हाँस्य कलाकार यमन श्रेष्ठसँग हामीले फन्नी गफ गरेका छौं । 

  • घाम किन पश्चिम बाट नउदाएको होला ?

बिचरा पृथ्बी नै एकातिरबाट मात्र घुम्छ त्यहि भएर हो । यदि घाम पश्चिमबाट उदाइदिएको भए हाम्रा नेपालका सबै राजनितिज्ञहरु अमेरिका तीर हुन्थे होला ।  अमेरिकाका राजनितिज्ञहरु चै यता जन्मिन्थे होलान्, अनि त्यो हुँदा हामी पनि अमेरिकन हुन्थ्यौ, छिटै हाम्रो देशको विकास हुन्थ्यो ।

  • तपाईले एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाउनु भयो भने ?

म एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाँए भने पहिला आफैलाई भइरहेका सामान्य समस्याहरु धुवाँधुलो, साडकका खाल्डा खुल्डी पुर्ने लगायताका कामलाई प्राथमिकता दिन्थे ।

  • बिहान उठ्दा लिङ्ग परिर्वतन भएर महिलाका रुपमा आफुलाई पाउनु भयो भने ?

म त सेन्टिफ्लाँट नै हुन्थ होला । ऐनामा हेरेर मज्जाले आउऽऽऽऽऽ......भनेर चिच्याउथे होला ।

  • दिनलाई रात र रातलाई दिन भनिएको भए ?

त्यो त हँुदैन थियो । बिचरा दिनलाई अन्याय भइहाल्थ्यो नि ! कहाँको सुन्दर दिन कहाँको कालो रात ।

  • तपाइँको नजरमा गायिका ज्योति मगर ?

मेरो नजरमा गायिका सबै एकै त हुन नि । तर उहाँ चै युटुबमा अलि धेरै चर्चा कमाएकी गायिका हुनुहुन्छ ।

  • छोरा मान्छे किन प्रग्नेन्ट नभएका होलान् ?

बिचरा छोरा मन्छेमा पाठेघर नै हुदैन त कहाँ बाट प्रेग्नेन्ट हुनु र ?

  • सुहागरातको समय श्रीमति तेस्रो लिङ्गी भएका थाहा पाउनु भएको भए ?

यसमा पनि आफ्नो  लिङ्ग परिवर्तन हुँदा जस्तो रियाक्शन आउथ्यो त्यहि रियाक्शन आउथ्यो होला । अझै गुहार भन्दै चिच्याउँथे होला ।

  • नायिका स्वस्तिमा खड्काको फेसबुकको पास्वर्ड थाहा पाउनु भयो भने ?

स्वस्तिमा खड्काको फेसबुकको पास्वर्ड थाहा पाएँ भने उम.....यमन इज सो नाइस भनेर अफ्नै तारिफ गरेर स्टाटस हालिदिन्थे ।

  • जागीरका निम्ति जाँदा त्यस अफिसको हाकीम तपाईको दुस्मन रहेछ भने ?

प्याउलो घस्दै हिहि... नमस्ते गर्दै जान्थे र लाज पचाएरै भए पनि जागिर खान्थे । अब के गर्नु त बाध्यता परे पछि । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस