gufgaf

भुवन र निरुताको विहे हेर्ने फ्यानको ईच्छा

2019/02/26   gufgaf
   

गफगाफ - अभिनेता तथा निर्माता भुवन केसीको निर्माण रहेको सिनेमा ‘क्याप्टेन’ यहि फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । नेपालमा पहिलो पटक फुटबलको विषयलाई लिएर बनाईएको ‘क्याप्टेन’ यो वर्षको बहुप्रतिक्षित सिनेमा हो ।अहिलेका मेगा स्टार मानिने अनमोल केसीले यस सिनेमामा फुटबलर ईशान खड्काको भूमिका निर्वाह गरेका छन् । यहि कारण पनि यो सिनेमा हेर्न धेरै दर्शक आतुर देखिएका छन् । यसै सिनेमा मार्फत दुई नव नायिका उपासना सिंह ठकुरी र प्रियंका एम भिले डेब्यु गर्दैछन् ।

यतिबेला ‘क्याप्टेन’ टिम यहि सिनेमाको प्रचार प्रसारमा व्यस्त छ । निर्माता भुवन केसी आफै पनि क्याप्टेनको प्रचारमा  लागिपरेका छन् । भुवनले क्याप्टेनमा समावेश लोक फ्लेभरको कर्ली कर्ली कपालमा नृत्य समेत गरेका छन् । यस गीतमा अभिनेत्री निरुता सिंह उनको जोडीको रुपमा प्रस्तुत भएकी छिन् । निरुताले गीतमा मात्र काम गरेको प्रसंगमा भुवनले सिनेमामा पनि निरुताको केही सिनहरु भएको संकेत गरे । तर  त्यो थाहा पाउन भने दर्शकले फागुन १७ मा क्याप्टेन नै हेर्नुपर्ने बताए ।

सिनेमाको गीतमा देखिएकी निरुताले सिनेमाको प्रचारमा भने सिनेमाकी मुख्य अभिनेत्री सरह समय दिएकी छिन् । निरुता गीतमा जस्तै भुवनको जोडी बनेर सिनेमाको प्रचारमा हिँडिरहेकी छिन् । बिहिबार हुने ‘क्याप्टेन’ को प्रिमियर सम्म उनी नेपालमै रहनेछिन् ।२५ वर्ष अघि डेब्यु सिनेमा दक्षिणामा नै निरुताले त्यस समयमा सुपरस्टार भुवनसँग काम गरेकी थिईन् । उक्त सिनेमामा समावेश ‘सपना भई आँखामा आउने को होला’ बोलको गीत निकै नै चर्चामा रहेको गीत हो ।

डेब्यु सिनेमामा नै निरुता र भुवनको जोडी दर्शकले अत्यधिक रुचाएका थिए । यहि कारण पनि अहिले एकसाथ देख्दा दर्शक पनि खुशी छन् ।गीत सार्वजनिक भएपछि यो जोडीले केही अन्र्तवार्ताहरु पनि एक साथ दिए जसमा उनीहरुको केमेष्ट्रि निकै रुचाईयो ।  सायद यहि केमेष्ट्रि देखेर नै होला केही शुभचिन्तकहरुले विवाहको सुझाव दिएका छन् ।हामीसँगको कुराकानीमा फ्यानले दिएको यस सुझावका बारेमा कुराकानी गर्दा निरुता मज्जाले हाँसिन् । भुवनले यस विषयमा बोल्दै भने, ‘हामी सिनेमामा एकअर्काको प्रेमी प्रेमिका भएर काम गर्छौँ । त्यो हाम्रो काम हो । तर निरुता मेरी बहिनी बराबरको हो ।  सिनेमामा त हामीले श्रीमान श्रीमती भएर पनि काम गर्नुपर्ने हुन्छ । त्यसकारण दर्शकहरुले हामीलाई मायाले यस्तो सोचिदिनु भएको हो । हाम्रो सम्बन्ध भनेको दाजु बहिनीको मात्र हो त्यो भन्दा अरु केही पनि छैन ।’

यहि बीच निरुताले खुशी हुँदै थपिन्, ‘यो भनेको दर्शकले हाम्रो केमेष्ट्रि एकदमै मन पराउनु भएको छ भन्ने कुरा हो । अन्यथा  भुवन दाई भनेको मेरो एकदमै प्रिय दाई हुनुहुन्छ । उहाँलाई दाईको रुपमा म एकदमै सम्मान गर्छु । त्यो बाहेक अरु केही पनि सोचाई हुँदैन ।

दाईले पनि मलाई बहिनी सम्झेर माया गर्नुहुन्छ । तर दर्शकलाई स्क्रिनमा हाम्रो केमेष्ट्रि मन परेर यस्तो भन्नु भएको हो । यसको मतलब हाम्रो काम दर्शकले मन पराउनु भएको हो  र हामीले सँगै काम गर्नुपर्छ  ।’भुवनले अगाडि थपे, ‘हामी सधैँ मिलेको र एकसाथ देख्ने दर्शकको चाहना रहेछ । हामी दाजु बहिनीको हिसाबले परेको बेला जैले पनि एकअर्काको साथमा छौँ । यो मायाको लागि हामी दर्शकप्रति आभारी छौँ ।’दीवाकार भट्टराईको निर्देशन रहेको क्याप्टेनको अझै पनि सम्पादनको काम भईरहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा पनि निर्माण पक्षले सिनेमाको भिएफएक्समा काम गरिरहेको विशेष स्रोतले जनाएको छ । निर्देशक दिवाकरले यस अघि सिनेमा ‘ऐश्वर्य’ निर्देशन गरिसकेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस