gufgaf

यौन बारे बुझ्नुपर्ने कुरा

2019/02/26   gufgaf
   

यौन सम्बन्ध गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?

यौन सम्पर्क गर्दा दुवैजना शारीरिक र मानसिक रुपमा तयार हुनु पर्दछ । एकले अर्कोको सुख र खुशीको ख्याल राख्ने र सहमतीपूर्ण क्रियाकलाप हुनुका साथै विश्वास  हुनु पनि अति आवश्यक हुन्छ । यौन सम्पर्कबाट गर्भ रहन दिने वा नदिने भन्ने विषयमा छलफल गरेर पूर्व तयारी गर्नु पर्दछ । जस्तै कण्डमको प्रयोग गर्नु वा अन्य कुनै परिवार नियोजनका साधन प्रयोग गर्नु । 

यौन सम्पर्क बढी गर्दा मान्छेलाई कस्तो असर पर्छ ? यौन सम्पर्क २४ घण्टामा कति पल्ट गर्ने, बढी गरेमा केहि नराम्रो हुन्छ कि हुँदैन ? 

यौन सम्पर्क गर्नु भनेको प्राकृतिक कुरा हो । मानव सृष्टिलाई अगाडि बढाउन नभई नहुने प्रक्रिया पनि हो । यौन क्रियाकलापलाई जीवनको आधारभूत आवश्यकताका रुपमा व्याख्या गरिन्छ । यौन सम्पर्कको लागि कुनै संख्यामा हिसाब निकाल्नु पर्छ भने हुँदैन । यदि जोडिको इच्छा भएमा जति पल्ट पनि गर्न सकिन्छ । तर, करकापमा वा कुनै प्रलोभनमा पारेर वा परेर भन्ने यस्तो सम्बन्ध राख्नु हुँदैन । 

मान्छेलाई स्वप्नदोष कसरी हुन्छ ? 

निदाइरहेको बेलामा यौन उत्तेजक (यौन उत्तेजना हुने) सपना देख्नु र सोको कारणले नै विर्य स्खलन हुनु योनी भिज्नुलाई स्वप्नदोष भनिन्छ । यो प्रक्रिया हाम्रो इच्छामा नभई स्वतः हुने क्रिया हो । किशोरावस्थामा पुगेपछि अण्डकोषले शुक्रकीट तथा अन्य अङ्गहरुले वीर्य उत्पादन गर्न थाल्दछन् । यसरी उत्पादित वीर्य वीर्यथैलीमा जम्मा भएर बसेको हुन्छ र वीर्यथैली भरिएको बेलामा यौन उत्तेजनात्मक सपना देखिएमा स्वप्नदोषको माध्यमबाट वीर्य बाहिर निस्कन्छ । किशोरावस्था पार गरेपछि र विवाह भइ यौन सम्पर्क हुन थालेपछि स्वप्नदोष हुने क्रममा कमी आउँछ । 

यो एक स्वभाविक प्रक्रिया हो । यसरी वीर्य बाहिर निस्कनुलाई आधुनिक चिकित्सा पद्धतिले कुनै किसिमको रोग वा खराबी भएको मान्दैन, उपचारको कुनै आवश्यकता छैन । त्यसैले स्वप्नदोष भयो भन्दैमा वा भएन भन्दैमा पीर मान्नु पर्ने वा हीनताबोध महसुस गर्नुपर्ने कुनै कारण छैन । स्वप्नदोष भएपनि नभएपनि स्वास्थ्यमा कुनै खराबी हुँदैन । 

स्वप्नदोष सम्बन्धी जान्नै पर्ने तथ्यहरु :

  •   स्वप्नदोष एक सामान्य यौन प्रक्रिया हो । 
  •   स्वप्नदोष भएमा कुनै चिन्ता गर्नु पर्दैन । 
  •    स्वप्नदोष भए पछि राम्रो सँग सरसफाई गर्नु पर्दछ । सरसफाई गर्नाले जननेन्द्रीयमा स्वप्नदोषका बेलामा निस्केको वीर्य र तरल पदार्थ धेरैबेर सम्म रहनाले हुन सक्ने ढुसी (ागलनगक) को संक्रमणबाट बच्न सकिन्छ । 

पुरुषको तुलनामा महिलामा यौन चाहना कम हुन्छ, यो कुरा सहि हो कि गलत ? किन ? 

पुरुषको तुलनामा महिलामा यौन चाहना कम हुन्छ भन्नु एकदम गलत हो । यौन चाहना पुरुष र महिला दुवैमा बराबर हुन्छ । तर, यसको बारेमा कुराकानी गर्न छुट र व्यवहारमा महिलाको लागि प्रतिबन्ध राखेको हुनाले महिलाहरुले कम खुलेर कुरा गर्ने गर्दछन् । साथै, कामको चाप र बढि जिम्मेवारीको कारण पनि महिलाहरु थकित रहनाले यसको प्रभाव यौन क्रियाकलापमा पर्ने गर्दछ । 

यौन सम्पर्क गर्दा पुरुष वा महिलामा कमजोरी किन हुन्छ ? 

यौन सम्पर्क गर्दा वा पछि पुरुष वा महिलामा कुनै कमजोरी हँुदैन । यौन सम्पर्क राखेपछि स्वभाविक रुपमा शरीर आरामको अवस्थामा जान्छ, जसलाई कतिपय कमजोरीको रुपमा लिने गर्छन् । 

केटाहरुमा प्राय ३५ वर्ष पुगेपछि यौन सम्बन्धी आकर्षण हुँदैन वा कम हुन्छ किन ? 

व्यक्तिहरुको उमेर जति बढ्यो उति जिम्मेवारीहरु पनि बढ्ने गर्दछ । साथै अहिलेको खानपान र व्यायामको अभावका कारण उमेर बढ्दै गएपछि विविध रोगहरुको सिकार पनि बन्ने गर्दछ । जसले गर्दा यौन सम्पर्कमा कम सहयोगी हुने सम्भावना रहने गर्दछ । तर यसको अर्थ यौन सम्पर्कमा कम इच्छा भएको भन्न मिल्दैन । 

यो सामाग्री हामीले युवा तथा किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्यमा केन्द्रित  ँब्त्तक द्यययपभित बाट साभार गरेका हौं । यो पुस्तिका अस्टे«लियन एड र मेरी स्टोप्स इन्टरन्याशनलले तयार पारेको हो । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस