gufgaf

३३ लागिन् प्रियंका

2019/02/27   Gufgaf
   

अभिनेत्री प्रियंका कार्कीको आज जन्मदिन परेको छ । विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाण्डौमा जन्मिएकी प्रियंका आज देखि ३३ वर्षमा प्रवेश गरेकी छिन् । प्रियंकाले जन्मदिनको अवसर पारेर आयांक फाउण्डेशन मार्फत केही समाजिक काम गर्दैछिन् ।

काठमाण्डौमा जन्मेकी प्रियंकाको बाल्यकाल काठमाण्डौमै बित्यो ।
व्यवसायी भुपेन्द्र कार्की र हेयर होस्टेज रक्षा मल्होत्राकी पहिलो सन्तानका रुपमा प्रियंकाको जन्म भयो । प्रियंकाका एक भाई छन् प्रणित कार्की जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् ।
प्रियंकाका दुई आमा छन् प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् । यसलाई अझ स्पष्ट भन्ने हो भने अंगुर प्रियंकाकी सौतेनी आमा हुन् । तर प्रियंकाको दुवै आमासँग निकै नै राम्रो सम्बन्ध छ ।

Image may contain: 1 person, closeup

बाल्यकालमै करियरको शुरुवात
प्रियंकाले बाल्यकामै आफ्नो अभिनयको थालनी गरेकी थिईन् । सिनेमाको नाम थियो ‘महादेवी’ । ७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई  निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए । यस सिनेमामा काम गरेर पाएको चक्लेट प्रियंकाको लागि त्यो बेलाको सबैभन्दा ठूलो खुशी थियो ।
पछि प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टिनको उपाधि हाँसिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस ईन्टेलिजेन्टको उपाधि पनि हात पारेकी थिईन् । यो प्रतियोगिता पछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ  आकर्षित भईन् ।
मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाईन् । उनले कान्तिपुरमा शुरुमा सेलुलोईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्याम फ्याक्टर पनि सञ्चालन गरिन् ।
यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेब्यु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट । जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो । यस सिरियलमा उनी टिनाको भूमिकामा थिईन् ।
यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निईन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ म प्रियंका फेरि नेपाल फर्किईन् ।

प्रियंकाले अमेरिकाको नर्थ अलावामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावा ईन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा  भाग लिएकी थिईन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिईन् ।
अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो होकी’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिईन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो ।

Image may contain: 1 person, sitting, shoes and outdoor

नेपाल फर्केपछि
सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् । उनले काम गरेको र साईन गरेको पहिलो सिनेमा थियो ‘मेरो बेस्ट फ्रेण्ड’ । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो । यहि कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्रि लभर्स’ ।
पहिलो सिनेमाबाटै उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।
प्रियंकाका शुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरेपनि प्रियंका आफ्नो काम र अदाबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यहि कारण उनलाई कामको कहिल्यै खाँचो भएन । प्रियंकाको करियरको पहिलो सफल सिनेमा हो सन् २०१४ को सिनेमा ‘झोले’ । यो सिनेमा प्रियंकाको सिने करियरको करोड कमाउने पहिलो सिनेमा बन्यो । यस सिनेमामा प्रियंकाले दयाहाङ राईको जोडीको रुपमा काम गरेकी थिईन् ।
झोलेपछि उनको सिने करियर निरन्तर रुपमा अघि बढ्यो । तयसपछि प्रियंकाले नेपालका चलेका र स्थापित भईसकेका ब्यानरसँग काम गर्ने मौका पाईन् ।
त्यसपछि विकास राज आचार्यको सिनेमा ‘नाई नभन्नु ल २’ को करियरको अर्को सफल सिनेमा बन्यो । यो सिनेमामा प्रियंकाले सुरज सिंह ठकुरीसँग जोडी बाँधेकी थिईन् । यो सिनेमाले ४ करोड भन्दा धेरैको कारोबार गरेको थियो ।
प्रियंकाले नाई नभन्नुल ल सिरिज, वडा नम्बर ६, छक्का पञ्जा सिरिज, फाटेको जुत्ता, शत्रु गते, कोहलपुर एक्सप्रेस, पुरानो डुंगा जस्ता सफल सिनेमामा काम गरिसकेकी छिन् । अमेरिका त्यागेर सिनेमाकै लागि नेपाल फर्केकी प्रियंकाले अन्तत सफलता हात पारिन् ।

Image may contain: 1 person, smiling, standing, sky, outdoor and nature

नृत्यमा अब्बल अभिनेत्री
प्रियंकाको अभिनयको जति तारिफ हुन्छ उत्तिनै उनको नृत्यको पनि । नेपाली सिनेमा उद्योगमा उनी जस्तो नाच्न सक्ने अभिनेत्री नभएको धेरैको तर्क छ । उनले मुख्य अभिनेत्री भएर मात्रै हैन एउटा गीतमा मात्रै नृत्य गरेर धेरै सिनेमा लिड गरेकी छिन् ।

Image may contain: 2 people, people smiling, people standing

प्रियंकाको प्रेम र वैवाहिक जीवन
सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्षको उमेरमा प्रियंकाको विवाह रोचक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो । तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अलग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जिउन चाहेका कारण रोचकसँग अलग भएको उनी बताउँछिन् ।
सन् २०१० मा उनीहरुको विवाह भएको थियो । सिनेमाको पढाई सकेर प्रियंकाले रोचकसँग नेपालमा आएर सिनेमा क्षेत्रमा काम गर्ने ईच्छा जाहेर गरिन् । तर रोचकले भने उनलाई एक गृहणीको रुपमा बसेर काम गर्न आग्रह गरे । तर प्रियंका सिनेमा क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढेकी थिईन् यहि कारण उनले रोचकलाई छोडिन् र सिनेमालाई रोजिन् । हुन पनि सम्बन्ध बिच्छेद गरेर अघि बढेपछि प्रियंकालाई सिनेमा क्षेत्रमा फलिफाप नै भयो ।
सिनेमामा सफल रुपमा अघि बढ्दै गर्दा केही सिनेमामा एकसाथ स्क्रिन सेयर गरेका कारण प्रियंकाको नाम अभिनेता दयाहाङ राईसँग जोडिन पुग्यो । तर उनीहरुले यो प्रेमलाई कहिल्यै पनि स्वीकारेनन् । यहि हल्लाका बिच प्रियंकाको जीवनमा आए आयुष्मान देशराज जोशी ।
झण्डै दुई वर्ष अघि सिनेमा ‘कथा काठमाण्डौ’ मा काम गर्ने क्रममा यो जोडी एकअर्कासँग नजिकिएको हो । प्रियंका अहिले अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह गर्ने तयारीमा छिन् ।   
यी दुईले केही समय अघि मात्रै ईन्गेजमेन्ट गरेका छन् भने आगामी असारमा विवाह गर्ने तरखर गरिरहेका छन् । आयुष्मान प्रियंका भन्दा ७ वर्ष कान्छा छन् ।

Image may contain: 2 people, people smiling, people sitting and beard

प्रचार र सामाजिक काममा प्रियंका
प्रियंका कार्की सिनेमामा सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर हुने अवसर पनि हात पारिन् । उनी कोकाकोला, मेघा बैंक, ब्रिटानिया २०–२० बिस्कुट, एनसेल जस्ता ठूला कम्पनीको ब्राण्ड एम्बेस्डर बनिसकेकी छिन् ।
यतिमात्रै हैन उनले आफ्ना हुनेवाला श्रीमान आयुष्मानसँग मिलेर एक फाण्डेशन पनि खोलेकी छिन् ‘आयांक फाउण्डेशन’ । यस फाउण्डेशन मार्फत आयुष्मान र प्रियंकाले किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्ने लगायतका काम गर्ने योजना बनाएको छ । साथै सडकमा भेटिएका घर पालुवा जनावरलाई व्यवस्थित गर्नका लागि यो सँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने बताइएको छ । यहि कारण पनि हालै मात्र प्रियंका र आयुष्मानलाई नेपाल सरकारले महिनावारी स्वच्छता दुत र स्वस्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको छ ।  

Image may contain: 1 person, smiling

खुला जीवन जिउने अभिनेत्री
प्रियंका कार्की खुला जीवन जिउने अभिनेत्रीमा पर्छिन् । उनले आफ्नै जीवन सम्बिन्धित स्वतन्त्र बोलको गीत समेत सार्वजनिक गरिसकेकी छिन् ।
उनी जीवनमा कुनै पनि कुरालाई खुला रुपमा भन्न हिचकिचाउँदिनन् । समाजमा अरुले के भन्ला भन्ने कुराले प्रियंकाको कुनै पनि निर्णयमा असर गर्दैन ।  जीवनका हरेक पाटाहरु उनी खुलेर भन्ने गर्छिन् । उनको बोल्डनेस र बलियो आत्मबल धेरैको प्रेरणाको स्रोत पनि बन्ने गरेको छ ।


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस