gufgaf

तनुश्रीको शर्ट फिल्ममा Me too को कथा

2019/02/28   gufgaf
   

गफगाफ - बलिवुड अभिनेत्री तनुश्री दत्ताले केही महिना अघि मात्रै अभिनेता नाना पाटेकरलाई एक्सपोज गरेर बलिवुडमा मि टु क्याम्पियनको शुरु गरेकी थिईन् ।  तनुश्रीले आफू माथि भएको यौन दुरव्यवहारको आवाज उठाउने बित्तिकै अन्य अभिनेत्रीहरुले पनि यस विषयमा मि टु क्याम्पियन शुरु गरेर बोल्न थालेका थिए ।
केही महिना मिटु क्याम्पियनले बलिवुडमा तहल्कै मच्चाएको थियो । भारतको मिटु केही मात्रामा नेपालमा पनि प्रवेश गरेको थियो । केही अभिनेत्रीहरुले यस विषयमा बोल्न शुरु गरेका थिए ।

बलिवुडको मि टु क्याम्पियनमा नाना पाटेकर,  साजिद खान,  विकास बहल,  राजकुमार हिरानी,  आलोक नाथ, अनु मलिक, कैलाश खेर, सुभाष  कपूर लगायतको नाम अगाडि आयो । तनुश्रीले अब यहि कथालाई छोटो फिल्ममा उतार्ने भएकी छिन् । ‘ईंन्सिपरेशन’ नाम राखिने यस फिल्मलाई अन्तराष्ट्रिय महिला दिवस अर्थात मार्च ८ मा रिलिज गर्ने तयारी गरिएको छ ।

यस फिल्ममा तनुश्री नै मुख्य भूमिकामा हुनेछिन् भने फिल्मका सम्वाद पनि तनु स्वयमले लेखेकी छिन् । फिल्मम शोबिज दुनियाँमा कसरी युवतीहरुको शोषण गरिन्छ भन्ने कुरा देखाईनेछ । फिल्ममा तनुश्री एक अभिभावकको रुपमा देखा पर्नेछिन् जसले महिलाहरुलाई सही निर्णय लिन पे्ररित गर्छ ।  शर्ट फिल्म मार्फत ९ वर्षपछि क्यामेरा फेस गर्न पाउँदा निकै खुशी भएको बताउँदै तनुश्रीले यो फिल्म मनोरन्जनको लागि मात्रै नभएर गलत बाटोमा गइरहेका व्यक्तिहरुलाई सहि बाटो देखाउने एउटा प्रयास भएको भारतीय मिडियालाई बताएकी छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस