gufgaf

धुर्मुस सुन्तलीको अभियानमा कलाकारको साथ

2019/02/28   gufgaf
   

गफगाफ - ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानमा नेपाली कलाकार सहित नेपली फुटवलका प्रतिनिधी,नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु पनि सहभागी भएका छन् ।अभियानमा नेपाली कलाकारहरु निर शाह, निर्मल शर्मा सुरज सिंह ठकुरी, अनमोल केसी, प्रदिप खड्का नेपाली फुटवलका प्रशिक्षक राजु शाक्य, सि एन एन हेरो अनुराधा कोइराला, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का,उप कप्तान ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने लगायत सहभागी भएका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसनको युट्युव च्यानलमा भिडियो सार्वजनिक गर्दै उनीहरुले अभियानमा सामेल भएको जानकारी दिएका हुन् । भिडियोमा वरिष्ठ कलाकार निर शाहले अठोट नै महत्वपुर्ण विषय भएको भन्दै इमान्दारिता पुर्वक गरिएको अठोट नै इतिहास बन्ने बताएका छन् । सोहि अठोटका साथ आफु पनि ‘धुर्मुस सुन्तली फाउन्डेसन’को अभियानमा सहभागी भएको शाहको भनाई छ ।

यसतै नेपाली फुटवल प्रशिक्षक राजुकाजी शाक्यले  सबैले एक जुट भएर अभियानलाई सार्थक बनाउनु पर्ने बताएका छन् । यस्तै सिएन एन हिरो अनुराधा कोइरालाले भिडियो मार्फत अभियान सफल बनाउन सबै नेपालीले हातेमालो गरेर अघि बढ्न आवस्यक रहेको बताएकी छन् ।‘धुर्मुस सुन्तली फाउन्डेसन’ को उक्त अभियानमा हास्य कलाकार निर्मल शर्मा पनि सहभागी भएका छन् । उनले धुर्मुस सुन्तली सधै नेपाल र नेपालीको विकास सोच्ने कालाकार भएको बताएका छन् । यस्तै गायक धिरज राईले नेपाललाई विश्वमाझ पुर्याउनका निम्ति ‘धुर्मुस सुन्तली फाउन्डेसन’को अभियन महत्वपुर्ण भएको भन्दै अभियानमा सहभागीता जनाएका छन् । 

यस्तै अभिनेता अनमोल केसीले ‘धुर्मुस सुन्तली फाउन्डेसन’लाई समर्थन गर्न पाउँदा आफू खुशी भएको बताएका छन् । उनले नेपालमा प्रतिभावान खेलाडीहरूले स्कोप नपाएको बताउँदै सबै नेपालहरुलाई यस अभियानमा सहभागी हुन आग्रह समेत गरेका छन् । यस्तै अभिनेता प्रदिप खड्काले पनि ‘धुर्मुस सुन्तली फाउन्डेसन’को संयोजकत्वमा बन्न लागेको ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’मा सहभागी भएको बताएका छन् । उनले नेपाली खेल र खेलाडीहरुको भविष्य सुनिश्चितताका निम्ति यो अभियानलाई सार्थकता दिनु हरेक नेपालीको कर्तव्य भएको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ‘धुर्मुस सुन्तली फाउन्डेसन’को यो अभियान प्रति उत्साहित भएको बताएका छन् । उनले ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ तोकिएकै मितीमा निर्माण भए अफु पनि उक्त मैदानमा खेल्न पाउने आशा व्यक्त गरेका छन् । यस्तै उप कप्तान ज्ञानेन्द्र मल्लले ‘धुर्मुस सुन्तली फाउन्डेसन’लाई अफु सँगै सम्पुर्ण नेपाली राष्ट्रिय क्रिकेट टिमको साथ रहेको बताएका थिए । अघिल्लो महिना निर्माणको औपचारिक घोषणा गरेको फाउन्डेसनले दुई वर्ष भित्र रंगशाला तयार गर्ने लक्ष्य लिएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस