gufgaf

भद्रगोलको गौरवमय २ सयौँ भाग

2019/03/01   gufgaf
   

गफगाफ - पछिल्लो समय दर्शकको प्रिय बनेको हाँस्यव्यङग्य टेलिश्रृङखला भद्रगोलले २ सय भाग पूरा गरेको छ । भद्रगोलको २ सयौँ भाग आज राती प्रसारण हुनेछ ।  श्रृङखलाको २ सयौँ भागसम्म आईपुग्दा दर्शकले दिएको अपार मायालाई मध्यनजर गर्दै भद्रगोल टिमले २ सयौँ भागलाई विशेष तरिकाले प्रसारण गर्ने तयारी गरिरहेको छ । आजको भागमा देश तथा विदेशमा रहेका दर्शकहरुले दिएको शुभकामना समावेश गरिने भएको छ ।

पछिल्लो केही महिना भद्रगोल युट्युब नेपाली संस्करणको नम्बर एकमा पर्दै आएको छ । युट्युब दर्शकलाई हेर्ने हो अहिले नेपालको सबैभन्दा बढी हेरिने शो मा ‘भद्रगोल’ परेको छ ।अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको यस श्रृङखलाका श्रृङखला निर्देशकको रुपमा दीपक आचार्य छन् ।

भद्रगोलमा कुमार कट्टेल,  अर्जुन घिमिरे, गोविन्द कोईराला, रक्षा श्रेष्ठ, मधु सुदन पाठक, दीपक आचार्य, सागर लम्साल, हरिश निरौला, सीता देवी तिमल्सीना  लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।सागर  खड्काको छायाकंन रहेको यस श्रृङखलालाई राजेन्द्र मानन्धर र रबिन भट्टले सम्पादन गर्दै आएका छन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस