gufgaf

यौन रोग र एच आई भी के हो ? 

2019/03/01   gufgaf
   

गफगाफ - यौन रोग भनेको के हो ? यसको परीक्षण, उपचार र समाधानका उपायहरु के के हुन् ? 

सामान्यतया महिलाहरुको योनी वा पुरुषहरुको लिङ्गमा रहिरहने सुक्ष्म जीवाणु र किटाणुहरुले अनुकुल अवसरहरु प्राप्त भएमा वा यौनक्रियाद्धारा वा अस्पतालहरुमा उपचारको क्रममा प्रजनन् बलीका संक्रमणहरु हुने गर्दछन् । 

असुरक्षित यौन सम्पर्कबाट सरेको संक्रमणलाई यौन संक्रमण वा रोगहरु भनिन्छ । असुरक्षित यौन सम्पर्कबाट हुने तर पूर्ण रुपमा उपचार गर्न सकिने संक्रमणहरु विश्वमा बार्षिक करिब ३४ करोड व्यक्तिमा देखा पर्दछन् । तर, महिलाहरुमा भने यौन रोगसँग सम्बन्धीत योनीमा रहिरहने सुक्ष्म जीवाणु र किटाणुहरुले अनुकुल अवसरहरु प्राप्त भएमा प्रजनन् अंगमा हुने संक्रमणहरुको संख्या तुलनात्मक रुपमा ज्यादै ठूलो छ । 

यौनजन्य संक्रमण वा प्रजनन् नलीका संक्रमणहरु जटिल किसिमका हुन्छन् । यस्ता संक्रमणले बिरामीको ज्यान समेत जान सक्छ । यी संक्रमणहरुको कारणले नराम्रा तथा दिर्घकालीन असरहरु (जस्तो बच्चा तुहिने, बाँझो हुने, अवधि नपुगी बच्चा जन्मने, यौन अंगमा हुने क्यान्स आदि तथा अकालमा मृत्यु समेत) हुने गरेको पाइन्छ । त्यसैगरी यौनजन्य तथा प्रजनन् नलीमा हुने संक्रमणहरुलाई व्यापक बनाउन एचआइभी तथा एड्सले अझ ठूलो भूमिका खेल्दछ । 

यौनजन्य तथा प्रजनन् नलीमा हुने संक्रमणहरु कम गराउने उपायहरु 

  •   यौनजन्य संक्रमणहरु रोक्न कण्डमको उचित प्रयोग तथा यौन साथीहरुको पहिचान वा असुरक्षित यौन क्रियाहरु नगर्ने 
  •   महिलाहरुमा प्रजनन् नलीमा हुने संक्रमणहरुको बचावटको लागि उनीहरुले गर्न सक्ने सामान्य कुराहरु बिशेष गरी सरसफाइमा ध्यान दिने 
  •   यौनजन्य तथा प्रजनन् नलीमा हुने संक्रमणहरुको पूर्ण उपचार तथा यौन साथीको उपचारप्रति सजग रहने 

यौन रोग लागेको आमाबाट जन्मने बच्चामा यो रोग देखापर्छ कि पर्दैन ? 

यौनरोग लागेको आमाबाट जन्मने बच्चामा यौन रोग सर्ने सम्भावना हुन्छ । विशेषतः गर्भवति महिलाबाट उनको जन्मने शिशुलाई एच आई भीको संक्रमण हुने सम्भावनालाई रोकथामको लागि उपचार सेवा लिनुपर्छ । 

अहिले देशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट गर्भवति महिलाबाट उनको शिशुलाई एच आई भी को संक्रमण नसरोस् भनेर आमा गर्भवति भएकै बेलामा आमालाई र शिशुलाई जन्मने बित्तिकै देखि उपचारको व्यवस्था शुरु भएको छ । 


एच आई भी र एड्स लागेको मानिस कति वर्ष बाँच्न सक्छ ? 

एच आई भी का जिवाणुहरु शरीरमा प्रवेश गरेपनि उचित, सक्रिय र स्वस्थ जीवनशैली एवं सन्तुलित भोजन भएमा एच आई भी संक्रमित व्यक्ति पनि लामो समय बाँच्न सक्दछ । हालसम्मको तथ्याँकमा २० वर्ष सम्म बाँचेका उदाहरणहरु पाउन सकिन्छ । 
 
एच आई भी संक्रमित भएको आमाबाट बच्चामा एच आई भी सर्न नदिन के के गर्न सकिन्छ ? 

एच आई भी संक्रमित गर्भवतिले बच्चा जन्माउनु पूर्व जन्माउने अवधिमा र बच्चा जन्माएपछि उपयुक्त हेरचाह गरेमा बच्चामा एच आई भी सर्ने जोखिमलाई १ देखि २० प्रतिशतसम्म कम गर्न सकिन्छ । एच आई भीको संक्रमण हुनुबाट जोगाउन निम्न उपायहरु गर्न सकिन्छ ः 

  •   गर्भावस्थामा एच आई भी विरुद्ध औषधी उपचार विधि अपनाउने 
  •  सिजरियन विधिद्धारा बच्चा जन्माउने, बच्चालाई सकेसम्म स्तनपान नगराई बोतलबाट दुग्धपान गराउने, संक्रमित आमाको स्तनपानबाट बच्चामा एच आई भी सर्ने सम्भावना १० प्रतिशत हुने अनुमान गरिएको छ । 

रगत, मानव अंग वा मांसुतन्तु जेसुकै पनि लिनु वा दिनु अघि राम्रोसँग एच आई भी परीक्षण गर्नु र गराउनु पर्छ । रगतमा भएको एच आई भीलाई नष्ट गर्नका लागि तापक्रम विधिद्धारा उपचार गरिन्छ । यसो गरेमा रगत लिंदा एच आई भीबाट संक्रमित हुने सम्भावना कम हुन्छ । 

यो सामाग्री हामीले युवा तथा किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्यमा केन्द्रित  ँब्त्तक द्यययपभित बाट साभार गरेका हौं । यो पुस्तिका अस्टे«लियन एड र मेरी स्टोप्स इन्टरन्याशनलले तयार पारेको हो । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस