gufgaf

पुनः शुरु हुँदै “बे्रकफेल”

2019/03/02   gufgaf
   

गफगाफ - हाँस्य टेलिश्रिंखला बे्रकफेल पुनः शुरु हुने भएको छ । ८९ औं भागमा पुगेर रोकिएको हाँस्य टेलिृश्रंखला बे्रकफेल आउँदो फागु पर्णिमा बाट फेरि शुरु हुन लागेको हो । शुरुवातका केहि भाग काठमाण्डौ मै छायंकन गरिने र त्यसपछिको छायांकन भने काठमाण्डौ नजिकैको गाउँले परिवेशमा गरिने बताइएको छ । अहिले नै यहि स्थानमा छायांकन हुन्छ भन्ने फाइनल भइसकेको छैन ।

तर कथासँग मिल्ने स्थानको खोजि गरिरहेका छौ टेलिश्रृंखलाका निर्देशक शिवहरी पौडेलले बताए । हाँस्य टेलिृश्रंखला ब्रेकफेलमा कलाकार भने पुरानै रहने छ । अब बन्न लागेको ब्रेकफेलले नयाँ शैलीमा समसामहिक विषयमा व्यंग्य गर्नेछ । पहिलेको भन्दा मेहेनत गरेर विषयवस्तुको छनोट गर्ने निर्माण युनिटको तयारी छ । यस टेलिश्रृंखलाको निर्देशन शिवहरी पौडेल र किरण केसीले संयुक्त रुपमा गर्नेछन् ।

टेलिश्रृंखलाका लागी विषयबस्तुको छनोट तथा लेखन भने शिवहरी पौडेलले गर्ने बताइएको छ । विषयबस्तु अनुसार टेलिश्रृंखलामा नयाँ कलाकारहरुलाई समेत अवसर दिने योजना शिवहरीले गरेका छन् । हाँस्य टलिश्रृंखला ब्रेकफेलको छायांकन दिलिप विष्टले गर्ने छन् भने सम्पादन रवि भट्टको रहनेछ । यो हाँस्य टेलिृश्रंखला  वि स २०७२ सालको चैत्र महिनाबाट शुरु भएको थियो ।

८९ औं भागमा पछि भने यो हाँस्य टेलिश्रृंखला रोकिएको हो । अब पुनः शुरु हुन लागेको हाँस्य टेलिश्रृंखला ब्रेकफेललाई ९० औं भागबाट अघि बढाइने हाँस्य कलाकार तथा टेलिश्रृंखलाका निर्देशक शिवहरी पौडेलले जानकारी दिए ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस