gufgaf

सलमानले फेरि रोजे कटरिना

2019/03/03   gufgaf
   

गफगाफ -  निर्माता तथा निर्देशक संजय लिला भंसाली र अभिनेता सलमान खानले १९ वर्षपछि एक साथ काम गर्ने तयारी गरिरहेका छन् । उनीहरुले एक साथ काम गर्ने कुराले धेरैलाई उत्साहित बनाएको छ । १९ वर्षअघि सलमानले भंसालीको ‘हम दिल दे चुके सनम’मा काम गरेका थिए । भंसालीको आगामी सिनेमा पनि ‘हम दिल दे चुके सनम’जस्तै  प्रेमकथामा आधारित रहनेछ बताईएको छ ।

यतिबेला यस सिनेमामा सलमानको जोडीको रुपमा कुन अभिनेत्री हुनेछिन् भन्ने कौतुहला धेरैको मनमा जागेको छ । निर्माता संजयलिला भंसालीको मन पर्ने अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडा मध्ये एक हुने अड्कल पनि धेरैको थियो । तर यी दुईलाई छोडेर सलमानले भने  कटरिनाको नाम अघि सारेका छन् ।  

सन् २०१५ मा पनि सिनेमा ‘बाजीराव मस्तानी’ पनि भंसालीले सलमानलाई लिएर बनाउन खोजेका थिए । त्यसबखत पनि अभिनेत्रीको नाममा कटरिनाकै नाम अघि आएको थियो । तर  भंसालीले आफ्नो रोजाईका अभिनेत्री दीपिका र प्रियंकालाई सिनेमामा लिएका थिए । यस पटक पनि उनको दीपिका तर्फ झुकाव देखिएको छ ।  

सिनेमामा नयाँ जोडी प्रस्तुत गर्न चाहेका भंसालीले सलमान र दीपिकाको फ्रेश जोडी पर्दामा उतार्न खोजेको बुझिएको छ । उता अभिनेत्री प्रियंकासँग भने सलमानले नै काम नगर्ने भएका छन् । केही समय अघि सिनेमा भारत छोडेपछि सलमान प्रियंकासँग रिसाएका थिए जुन रिस अझै मरेको छैन ।

सलमानसँगको सिनेमामा नभएपनि प्रियंका भंसालीको अर्को प्रोजेक्टको तयारीमा भने छिन् । यो बायोपिक हुनेछ । यस हिसाबले प्रियंका भने यस सिनेमामा नहुने पक्का भएको छ । अब दीपिका  र कटरिना मध्ये एकले यस सिनेमामा काम गर्नेछन् । यी दुई मध्ये फाईनलमा को हुनेछ त्यसको लागि भने हामीले केही समय पर्खनै पर्छ ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस