gufgaf

रङ्गशाला निर्माणका लागि प्रदेश नं. २ को खुत्रुके महाअभियान 

2019/03/03   gufgaf
   

गफगाफ - धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका हुन् ।रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास पुगेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत शुरु भएको छ ।

सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैंया खुत्रुकेमा खसालेर खत्रुके अभियानको शुरुवात गरेका थिए । कार्यक्रममा सहभागी उद्योगि, व्यवसायी, उद्यमी, समाजसेवीहरुले रंगशाला निर्माणको लागी लाखौं रुपैंया सहयोग गरेका थिए ।कार्यक्रममा बोल्दै धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन हुनाले रंगशाला निर्माणमा सहयोग गर्न सहयोगी मनहरुलाई अपिल गरे ।

‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, ‘कार्यक्रममा धुर्मुसले भने’ अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रङ्गशाला बनाउन ।’ देशमा आशाको दियो बाल्न अघि बढेको भन्दै उनले थप,े ‘दियोमा तेल तपाईंहरु मिलेर थपिदिनुस् ।’ एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर र उनका भाई मञ्जले पाँच—पाँच हजार सहयोग गरेका छन् । सहयोग संकलन गरेर बस्ती निर्माण गरिदिएको भन्दै धुर्मुस सुन्तलीलाई धन्यवाद दिए । नेपाली सन्तती र नेपाललाई खेलकूदबाट अन्तराट्रिय स्तरमा पहिचान बनाउनेले दिनको एक सय रुपैंया बचत गरेर रंगशाला निर्माण गर्न सहयोग गरेका थिए ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए ।पछिल्लो समय नेपाली कलाकारहरु पनि धुर्मुस सुन्तली फाउण्डेसनको अभियानलाई सार्थकता दिनका लागी सहयोग रकम संकलनमा साथ दिइरहेका छन् । हास्य टेलिश्रिंखला भद्रगोल टिमले भद्रगोलले २०० भाग पुरा गरेको उपलक्षमा धुर्मुस सन्तली फाउन्डेसनलाई नगद रु २ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गर्यो ।

यसै गरी एपी १ टेलिभिजनको कार्यक्रम को बन्छ करोडपतीमा सहभागी भएका नेपली चलचित्र क्यापटेन टिमले पनि उक्त कार्यक्रमबाट आएको सम्पुर्ण रकम धुमुस सुन्तली फाउण्डेसनलाई दिने निर्णय गर्यो । कार्यक्रममा चलचित्रका निर्माता तथा सधाबहार अभिनेता भुवन केसी,अभिनेत्री निरुता सिंह सगै चलचित्रका मुख्य कलाकार अनोल केसी प्रियंका एमभी,अपासना सिंह ठकुरी लगायत सहभागी थिए । प्रश्न उत्तर कार्यक्रममा भने भुवन र अनमोल सहभागी थिए ।

उनिहरुले उक्त कार्यक्रम मार्फत ३ लाख २० हजार नगर जित्न सफल भएका थिए । उनिहरुले कार्यक्रममा जितेको सम्पुर्ण रकम अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गर्ने निर्णय गरेका थिए । धुर्मुुस सुन्तली फाउण्डेसनको अफिसियल युटुव च्यानलमा भिडियो अपलोड गर्दै विभिन्न कलाकार देखि खेल क्षेत्रका व्याक्तित्वहरु पनि फाउण्डेसनको अभियानमा सहभागी भएको बताएका छन् । यसरी हेर्दा फाण्डेसनको अभियानलाई सार्थकता दिन विभिन्न व्याक्तिगत संघसस्थाका प्रतिनिधीका साथै नेपाली कलाकारहरु पनि एकता वद्ध भएर लागेका छन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस