gufgaf

दिपा र मुन्द्रेको सामाजिक काम, मृर्गौला पिडितलाई सहयोग 

2019/03/04   gufgaf
   

गफगाफ -  कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । नेपालमा घरजग्गा केही नभएको २२ वर्षीय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका छन् । जितुको सामाजिक कार्यमा साथ दिदै  निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाको तर्फबाट नगद १० हजार रुपैँयाका साथै रेडियो अडियोको तर्फबाट पनि नगद रु ५ हजार रुपैया रकम हस्तान्तरण गरियो ।

सहयोग रकम हस्तान्तरण गर्दे रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाले यो रकम शुरुवाती रकम मात्र भएको बताए । यस्तै गायक ताराप्रकाश लिम्बुले पनि नगद ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । युवावस्थामा दुवै मृगौला फेल भएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गरेका थिए ।

उनको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले बताए । आशिषका बुवा हाल वैदेशिक रोजगारीको शिलशिलमा दुवाईमा सेक्युरिटी गार्डमा काम गरिरहेका छन् ।  यस अघि जितु नेपाल सहित छक्का पञ्जा टिमले एक मृगौला पिडित जय बहादुरलाई पनि ७५ हजार सहयोग रकम हस्तान्तरण गरेका थिए ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस