gufgaf

आफ्नै कोस्टारलाई दुर्व्यवहारको आरोप !

2019/03/04   Gufgaf
   

भारतीय टेलिभिजनको दुनियामा ईच्छाको नामले परिचित भएकी अभिनेत्री टिना दत्त यतिबेला एण्ड टिभिको डायनमा काम गरिरहेकी छिन् । कलर्स च्यानलबाट प्रसारण भएको चर्चित सिरियल उतरनमा काम गरेपछि टिना ईच्छाको रुपमा सबैको प्रिय बनेकी हुन् । पछिल्लो समय डायनमा पनि उनलाई दर्शकले रुचाईरहेका छन् । डायनमा अभिनेता मोहित मल्होत्रा उनको जोडीको रुपमा प्रस्तुत भएका छन् । यतिबेला उनले कोस्टार मोहित मल्होत्रालाई ईंटिमेन्ट सिन गर्ने क्रममा गलत तरिकाले छोएको भन्दै दुर्व्यवहारको आरोप लगाएको कुरा कुरा चर्चामा छ ।

ईंटिमेन्ट सिन गर्ने क्रममा असहज तरिकाले छोएको भन्दै टिना सेटमै रोएकी थिईन् । भारतीय सञ्चारमा उक्त घटनापछि मोहीतलाई त्यसो नगर्न चेतावनी पनि दिईएको थियो । तर उनी नमानेको र आफ्नो हर्कत गर्न नछोडेको उल्लेख छ ।

टिना मात्रै नभयर उक्त शोको टिमले नै ईंटिमेन्ट सिनको क्रममा मोहितले असहज तरिकाले छोएको उल्लेख गरेका छन् । तर मोहितले भने यस विषयमा बोल्दै डायनमा खासै ईंटिमेन्ट सिन नभएको र आफूले त्यस्तो व्यवहार नगरेको बताएका छन् । त्यस्तै अभिनेत्री टिना र आफू मिल्ने साथी भएको र आफूहरुबिच त्यस्तो समस्या नभएको मोहितको भनाई छ ।

उता टिनाले भने भारतीय सञ्चार माध्ययमसँग कुरा गर्दै काम गर्ने क्रममा विभिन्न समस्याहरु आउने बताउँदै यो समस्या समाधान गर्ने जिम्मा आफ्नो टिमलाई नै दिएको बताएकी छिन् । लामो समय पछि बालाजी टेलिफिल्मसँग काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको र यो मामिलामा एक्शन लिने जिम्मा बालाजीलाई नै दिएको टिनाले उल्लेख गरेकी छिन् । टिनाको कुरा अनुसार उनले सेटमा समस्या भोगेको बुझिन्छ तर मोहितले भने यो कुरालाई अस्विकार गरेका छन् ।


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस