gufgaf

ब्राण्ड एम्बेसडर बनेपछि बोतामा मम खान पुगिन् स्वस्तीमा

2019/03/04   Gufgaf
   

अभिनेत्री स्वस्तीमा खड््का पछिल्लो समय निकै नै व्यस्त छिन् । फागुन ३ गते उनको मुख्य भूमिका रहेको सिनेमा बुलबुल प्रदर्शनमा आएपछि भने उनको समय अलि हल्का भएको देखिन्छ । अहिले नै उनले कुनै सिनेमामा साईन गरिसकेकी भने छैनन् तर उनले यो बीचको समय आफूले प्रचारको जिम्मा लिएका ब्राण्डहरुलाई दिईरहेकी छिन् ।

यतिबेला उनी विभिन्न ब्राण्डका बिज्ञापनको छायाकंन र प्रचारमा व्यस्त छिन्् । सानीमा लाईफ ईन्स्युरेन्स, बोता मम लगायतका ब्राण्डको ब्राण्ड एम्बेस्डर बनिसकेकी स्वस्तीमाले अन्य केही ब्राण्डका दर्जनौँ विज्ञापनमा काम गरिसकेकी छिन्।

एक महिना अघि मात्रै बोता ममको ब्राण्ड एम्बेस्डर बनेकी स्वस्तीमा यतिबेला बोताकै मिट एण्ड ग्रिट कार्यक्रममा पनि हिँडिरहेकी छिन्् । काठमाण्डौका विभिन्न ठाउँमा रहेको ७ वटा बोताको आउटलेटमा स्वस्तीमा पुग्ने भएकी छिन् । गत शुक्रबार देखि शुरु भएको उनको मिट एण्ड ग्रिट कार्यक्रम अब केही हप्ता रहनेछ । हरेक हप्ताको शुक्रबार र शनिबार उनी विभिन्न ठाउँमा रहेका बोताका आउटलेटमा पुग्ने छिन् ।

बोताको मिट एण्ड ग्रिट कार्यक्रम गत शुक्रबार देखि शुरु भएको हो । शुक्रबार महाराजगंज स्थित बोताको सातौँ आउटलेटमा पुगेकी स्वस्तीमाले त्यहाँ आएका सबै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा भेटेर बोताको बारेमा जानकारी मात्रै दिईनन् उपस्थितलाई केही गेमहरु पनि खेलाईन्् । स्वस्तीमाको उपस्थितिमा सबै ग्राहक निकै नै खुशी देखिएका थिए ।

बोताको मम निकै नै हाईजेनिक भएको भन्दै स्वस्तीमाले पछिल्लो समय राष्ट्रिय फुड बनेको ममको ब्राण्ड एम्बेस्डर बन्न पाउँदा आफूले निकै नै भाग्यमानी महसुस भएको पनि बताईन्।


 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस