gufgaf

क्रिकेट रंगशाला निर्माण कार्य शुरु

2019/03/04   gufgaf
   

गफगाफ -   धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य शुरु गरिएको छ । शुरुवातमा निर्माण स्थलको बाउण्ड्रीको काम शुरु भएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । रंगशाला निर्माणका लागि यतिबेला सहयोग रकम संकलन गर्ने कार्य भइरहेको छ ।

देश तथा विदेशमा रहनु भएका नेपालीहरुबाट नै आर्थिक संकलन भइरेहेको धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुख सिताराम कट्टेलले बताए । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि  धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उक्त कार्यका निम्ति फाउन्डेसनले नेपालका विभिन्न स्थानहरुमा गएर स्थलगत भ्रमण गरेको थियो ।

सोहि क्रममा भरतपुर महानगरपालिकाले उक्त कार्यका निम्ति जग्गा उपलब्ध गराउने बताए पछि चितवनमा नै रंगशाला बनाउनका लागी फाउन्डेसन तयार भएको थियो ।निर्माण पश्चात यस रंगशालामा फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, डन्डिबियो लगायतका खेलहरु समेत खेल्न सकिने बताइएको छ । रंगशालाको बाहिरी भागमा नेपाल र नेपालीको सस्कृती झल्कने खालका सम्पदाहरु राखिने छ । नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरुका साथै विभिन्न जीवजन्तुको धातुको मुर्ति राखिने बताइएको छ । रंगशालामा खेल अभ्यास गर्नका निम्ति छुट्टै दुई वटा खेल मैदान बनाइने छ ।
 


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस