gufgaf

नक्कली नामले विहे गरेका अनुष्का र विराट  

2019/03/05   Gufgaf
   

अभिनेत्री अनुष्का शर्मा र किक्रेटर विराट कोहलीले २०१७ को डिसेम्बर ११ मा ईटालीमा सुटुक्क विवाह गरेका थिए । उनीहरुको विवाहमा बलिवुड सेलिब्रेटी र मिडियालाई अनुमति दिईएको थिएन । विशुद्ध पारिवारिक माहोलमा विवाह गर्न चाहेका विराट र अनुष्काले विवाहलाई गोप्य राख्न धेरै व्यवस्था मिलाएका थिए ।

विराट र अनुष्काको विवाहको तयारी पनि गोप्य रुपमै गरिएको थियो । विवाहलाई गोप्य राख्नको लागि यतिसम्म गरिएको थियो कि विराट कोहलीको नक्कली नाम दिईएको थियो राहुल ।

हालै मात्र वोग पत्रिकासँग कुराकानी गर्दै अनुष्काले आफूहरुले विवाहलाई गोप्य राख्नको लागि डिजाईनरसँग पनि निकै गोप्य रुपमा मिटिंग गरेको खुलाएकी छिन् । यति मात्रै हैन उनले जक क्याटरिङमा बेहुला बेहुलीको नाम दिने समय आयो त्यस समय विराटको नाम राहुल राखिएको पनि खुलाएकी छिन् ।
विरुष्काको विवाहको जानकारी परिवार, वेडिङ प्लानर र डिजाईनरलाई मात्र थियो । विवाहको लागि केटर्स बुक गर्ने समयमा नै विराटको नाम राहुल राखिएको थियो ।

Related image

आफूहरुले आम मानिसको जस्तै साधारण तरिकाले विवाह गर्न चाहेका कारण विवाहका सबै फंशनहरु गोप्य राखेको अनुष्काले बताएकी छिन् ।
अनुष्का र विराटले विवाहको तस्बिर सार्वजनिक गरेर सबैलाई सरप्राईज दिएका थिए ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस