gufgaf

काईली बनिन् कम उमेरकी अरबपति

2019/03/06   Gufgaf
   

अमेरिकी टेलिभिजन पर्सन तथा मोडल काईली जेनर सबैभन्दा कम उमेरमा अरबपति बन्ने व्यक्ति बनेकी  छिन् । तीन वर्ष अघि मात्रै  खोलेको कस्मेटिक कम्पनीले उनलाई २१ वर्षको उमेरमै अरबपति बनाएको छ ।  केही समय पहिले संसारकै धनी महिनलाको सूचिमा परेकी काईली अहिले भने कम उमेरमै अरबपति बन्ने व्यक्ति बनेकी छिन् । 

उनको कम्पनी काईली कस्मेटिक्स तीन वर्षमा ३ सय ६० मिलियन डलर को कारोबार गर्न सफल भएको छ ।  तीन वर्ष अगाडि अर्थात २०१६ मा शुरु गरेको उनको कम्पनीको मुल्य अहिले ९० करोड डलर भएको छ । काईलीको कस्मेटिक्सले राम्रो कारोबार गर्नुमा टेलिभिजनको बिज्ञापन र एंडोर्समेन्टको मुख्य भूमिका रहेको छ । 

काईली भन्दा पहिले कम उमेरमा फेसबुकका मालिक मार्क जुगरवर्ग अरबपति बनेका    थिए ।
काईलीको कस्मेटिक्स सामान हलिवुड स्टारसँगै अरबपतिहरुले बढी प्रयोग गर्छन् । यो सँगै विश्वमै उनको कम्पनीका कस्मेटिक्स सामानहरु बढी रुचाईएको कस्मेटिक्स ब्राण्डमा पर्छ । काईली कस्मेटिक्सका १ हजार भन्दा बढी स्टोरहरु छन् । 

मंगलबार फोब्र्सले सार्वजनिक गरेको सबैभन्दा धनीहरुको सूचिहरुमा अमेजनका जेफ बेजास संसारकै धनी व्यक्तिको पहिलो नम्बरमा छन् ।  उनको कुल सम्पक्ति १ सय ३१ अरब डलर छ । 

काईली जेनर टेलिभिजन पर्सन किम , कोल र कर्टनी कारदर्शियनकी सौतेनी बहिनी हुन् । सन् २०१७ मा ट्रेविस स्कटसँग विवाह गरेकी उनी एक छोरीकी आमा पनि बनिसकेकी छिन् ।  


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस