‘ड्रिम गर्ल’को दोस्रो गीत सार्वजनिक

2018/09/10   Tek

गफगाफ / असोज १९ गते रिलिज हुने चलचित्र ‘ड्रिम गर्ल’को दोस्रो गीत सार्वजनिक भएको छ ।

 ‘फुल टिपेर’ बोलको लोकलयमा आधारित गीत सार्वजनिक भएको हो ।

गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, आश्मा गिरी, लक्ष्मी गिरी, विल्सन विक्रम राई र पूजा पराजुलीको अभिनय देख्न सकिन्छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा स्वर छ । उनलाई गायिका दुर्गा खरेलले साथ दिएकी छिन् । गीतको शब्द निर्देशक ऋषिराज आचार्यले लेखेका हुन् । ‘

 दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीको सहनिर्मातामा बनेको चलचित्र काठमाडौँ, मुस्ताङ, थाइल्याण्ड लगायतका स्थानहरुमा छायाँकन गरिएको हो ।
आरबी मुभिजको व्यानरमा निर्माण भएको चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई,सुरवीर पण्डित, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट लगायतका कलाकारहरुको अभिनय छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस