gufgaf

प्रेम, शारीरिक आकर्षण र यौन सम्पर्कमा विभेद 

2019/03/07   gufgaf
   

गफगाफ -  हतार र आवेशमा यौन निर्णय लिनु अत्यन्तै असुरक्षित हुन सक्छ । फेरि यौन सम्पर्क त्यहिबेलामा मात्र गर्नु वेश हुन्छ जब आफूलाई चाहना भएको हुन्छ । यौन सम्पर्क गर्नु भनेको दुवै व्यक्तिले आनन्द लिनु हो । त्यसैले यो डर, लाज, धम्कीले गरिनु हुन्न, त्यसो गर्दा आनन्द प्राप्त हुँदैन । 

किशोर किशोरी यौन सम्पर्कका लागि तयार छन् भने त्यसबेला यौन रोग लाग्ने र किशोरीहरुको हकमा गर्भवति हुनबाट बच्न सुरक्षित उपायको जानकारी राख्नुको साथै अपनाउनु पनि पर्छ । सुरक्षित यौन सम्पर्कका लागि अनेक उपायहरु छन्, जसका लागि पहिले देखि नै योजना बनाउनुपर्छ । आफ्नो यौन जोडि (पाटनर) सँग यसबारे सर सल्लाह गरी त्यसको महत्वबारे स्पष्ट हुनु जरुरी छ । यस्तो कुरा झिक्न गाह्रो भएमा अन्य कुनै जोडीको बारेमा कुरा गरे जस्तो गरी कुरा निकाल्न पनि सकिन्छ । 

फेरि प्रेम र यौनसम्पर्कमा विभेद गर्न जान्नु उचित हुन्छ । प्रेम सम्बन्धले एक अर्कामा सहयोग, सम्मान र विश्वास बढाइ एक व्यक्तिको विकासमा मद्दत पुर्याउने हुँदा मात्र यस्तो सम्बन्ध रचनात्मक हुने हुन्छ । प्रेम सम्बन्ध प्रगाढ हुन समय लाग्ने हुन्छ । यौन सम्पर्क हुँदैमा अगाध प्रेम भएको बुझ्नु हुँदैन वा यौन सम्पर्क राख्दैमा प्रेममा समर्पण भएँ भन्ने अर्थ पनि लाग्दैन । शारीरिक भावावेशमा आएर राम्ररी सोचविचार नगरी खाली आकर्षण र आफूभित्र जागृत यौन इच्छा वा चाहना पूर्ति गर्ने उद्देश्यबाट गरिने प्रेम साँचो अर्थमा प्रेम नभइ यस्तो कुराले गर्दा धेरै किशोरकिशोरीको जीवनमा नकारात्मक तथा विध्वंशात्मक प्रभावसमेत पार्ने हुन सक्छ । 

यौनसम्पर्क नराखी पनि प्रेमी प्रेमिका बीच लामो समयसम्म भेटघाट हुने, छलफल, सर सल्लाह हुने क्रम कायम राख्न सकिन्छ जसले जीवनप्रतिको दृष्टिकोण, दुवैले गरेको निर्णयहरु, जीवनसाथी तथा परिवारका बारेमा, एक अर्काले भविष्यका लागि गरेका निर्णयहरु प्रति एक अर्काको धारणा आदि बारे महत्वपूर्ण कुरा बुझ्न सकिन्छ । त्यस्तै प्रमी प्रेमिकामा कुनै एक पक्ष यौन सम्पर्कका लागि आतुर र अर्को तयार नभएको अवस्थामा एकले अर्काको भावनालाई सम्मान आतुर मान्नेलाई धैर्य लिन कुराकानी गर्नुपर्छ । यस्ता समस्या परेका अन्य साथीहरुको अनुभवबाट पनि केहि कुरा सिक्न सकिन्छ । तर, कुनै साथीबाट भने आफूले यौन सम्पर्क राखिसकेको कारण त्यस्तो गर्न सल्लाह आउन पनि सक्ने कुरालाई विचार गर्दै त्यस्तो साथीबाट आउने दवावमूलक सल्लाहको बारेमा विचार पुर्याउनुपर्छ । यौन सम्पर्कको लागि मात्र कुनै एक पक्षबाट जोड हुन्छ भने त्यो प्रेम नभई केवल वासनात्मक प्रेम हुन सक्छ । 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस